GNLF Green Flag Campaign Darjeeling
GNLF Green Flag Campaign Darjeeling

मानेभञ्ज्याङ बजारमा गोरायुमोद्वारा हरियो झण्डा अभियान सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत सुके मानेभञ्ज्याङ समष्टिको गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) द्वारा मानेभञ्ज्याङ बजार तथा दस माइल क्षेत्रमा हरियो झण्डा लगाउने विशेष अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ। समष्टि गोरायुमो अध्यक्ष हेमन्त भुटिया र सचिव नर्बु शेर्पा को नेतृत्वमा करिब पचास जना युवाहरूको सक्रिय सहभागितामा आयोजित उक्त अभियानले क्षेत्रभरि गोरामुमोको संगठनात्मक उपस्थिति तथा राजनीतिक सन्देशलाई थप सशक्त बनाएको छ। युवाहरूले उत्साहपूर्वक विभिन्न स्थानहरूमा हरियो झण्डा स्थापना गर्दै पार्टीप्रति आफ्नो प्रतिबद्धता र एकताको परिचय दिएका थिए।

यस अवसरमा समष्टि अध्यक्ष हेमन्त भुटियाले जानकारी दिँदै मानेभञ्ज्याङ समष्टिका विभिन्न गाउँ तथा बस्तीहरूमा गोर्खा राष्ट्रिय युवा मोर्चाका शाखा कमिटीहरू गठन गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको बताए। उनले युवाहरूलाई संगठित गर्दै समाज, जाति र माटोको हितलाई केन्द्रमा राखेर संगठनलाई अझ सुदृढ बनाउने अभियान निरन्तर जारी रहने स्पष्ट पारे।

भुटियाले गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङ द्वारा प्रतिपादित मूलमन्त्र “पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो” लाई आत्मसात् गर्दै युवाहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले युवाशक्तिको सक्रिय सहभागिताले संगठनलाई नयाँ ऊर्जा प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनहरूमा थप व्यापक संगठन विस्तार कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त अभियानले मानेभञ्ज्याङ क्षेत्रमा गोरायुमोको संगठनात्मक आधारलाई थप मजबुत बनाएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।

Share this news
आजको रोजाइ
खरसाङ म.वि.का वरिष्ठ प्रा.गंगाप्रसाद भट्टराईलाई पूर्व छात्राद्वारा सम्मान प्रदान

खरसाङ म.वि.का वरिष्ठ प्रा.गंगाप्रसाद भट्टराईलाई पूर्व छात्राद्वारा सम्मान प्रदान

दार्जीलिङलाई लिएर मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीको बैठकमा विष्ट

दार्जीलिङलाई लिएर मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीको बैठकमा विष्ट

आइपीएम मार्फत कृषि माटो बचाउन सामडोङमा खेत बचाओ अभियान 

आइपीएम मार्फत कृषि माटो बचाउन सामडोङमा खेत बचाओ अभियान 

भारतमा Xiaomi ले चार वर्षपछि आफ्नो T-श्रृंखला पुन: प्रस्तुत 

भारतमा Xiaomi ले चार वर्षपछि आफ्नो T-श्रृंखला पुन: प्रस्तुत 

मानेभञ्ज्याङ बजारमा गोरायुमोद्वारा हरियो झण्डा अभियान सम्पन्न

मानेभञ्ज्याङ बजारमा गोरायुमोद्वारा हरियो झण्डा अभियान सम्पन्न

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

आजको रोजाइ