राई अनि सिंहलाई न्यायिक हिरासतमा पठाएकोमा गोराकांको आपत्ति

Share this news

दार्जीलिङ,18 जुन(निसं): गोर्खा सेवा सेनाका द्वय नेतृत्व विक्रमादित्य राई अनि सुभाषमणी सिंहहरुको पक्राउन लिएर सिक्किम सरकारमाथी गोराकंं(गोर्खा राष्ट्रिय कांग्रेस) अध्यक्ष भरत दोङले आक्रोश व्यक्त गरेका छन्। सिक्किम पुलिसले गोर्खा सेवा सेनाको प्रमुख विक्रमादित्य राई अनि सुभाषमणी सिंहलाई पक्राउ गरेर पुलिस रिमाण्ड पछि न्यायिक हिरासतमा पठाएकोमा पनि दोङले आपत्ति जनाएका छन्।
गोराकंं(गोर्खा राष्ट्रिय कांग्रेस) अध्यक्ष भरत दोङले भनेका छन्, सिक्किम सरकारले जस्तो प्रकारले पक्राउ गर्‍यो, त्यो सिक्किम सरकारको उदासीन निति हो । सिक्किम डराएको कारणले गर्दा नै उनीहरुको पक्राउको निम्ति सिक्किम सरकारले हतार गरेको हो ।
दोङले स्पष्ट रुपमा बताएको छ, सिक्किम दार्जीलिङ एकिकरण नै अन्तिम विकल्प हो। यो बाहेक बंगालबाट अलग हुने अर्को उपाय नै छैन्। तर आज यही सिक्किम दार्जीलिङ एकिकरणको बिषयमा कुरा गर्दा सिक्किम सरकारले यहाँको आवज दबाउने काम गरिरहेकोछ। उनले भने, सिक्किमले दार्जीलिङ- सिक्किम एकिकरणको सन्दर्भमा बल प्रयोग नगरेर यसको निम्ति चर्चा अनि  छलफलमा आउनु पर्ने हो ।
तर सिक्किम सत्यता देखि भाग्न अनि यसलाई ढाकछोप गर्दी आवाजहरुलाई दबाउने कार्य गर्दैछ।
दार्जीलिङबाट केही राजनीतिक दलका शीर्ष नेताहरुले सिक्किम दार्जीलिङ एकिकरणको बिरोधमा गरिएका बयानबाजी माथि पनि प्रतिक्रिया जताउदै दोङ्ले भने, ज-जसले पनि एकिकरणको निम्ति बिरोध गर्दैछन् उनीहरु जनतालाई गोर्खाल्याण्डको नाँउमा लट्याएर आफ्नो रोटी सेक्नेहरु हुन्‌।यहाँ गोर्खाल्याण्ड आन्दोलन सिक्किम र बंगालको प्रायोजनमा हुने गर्छ।
जनताले सत्य के हो अनि सम्भवनाको बाटो विकल्प कुन हो, त्यो छुट्याउने बेला आएको छ।उनले अझ भने, विक्रमादित्य राई अनि सुभाषमणी सिंहको मुद्दा सिक्किमको कुनैपनि वकिलहरुले लडनु नमानेको विषय माथि पनि कटु आलोचना गर्दै भने भारत एउटा यस्तो गणतान्त्रिक देश हो, जहाँ बाहिरबाट हमला गर्न आएको आतंककारीहरुको मुद्दा धरी देशको वकिलहरुले लड्ने गर्छ। भनेपछि सिक्किममा अझसम्म पनि गणतन्त्रको अभ्यास सही प्रकारले भइरहेको छैन। प्रश्न गर्ने अभिव्यक्ति व्यक्त गर्दा मात्र विक्रमादित्य राई अनि सुभाषमणी सिंहले कस्तो ठुलो अपराध गर्‍यो ?यसको जवाफ सिक्किम सरकारले दिएको हुनुपर्छ, दोङले प्रश्न राखे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ