“पहेंलिसकेका पातहरू झर्ने त हो नै। आज यहाँ मसँग साथमा उभिनु हुने सबै बीजीपीएम पार्टीका हरिया पातहरू हुन्।” अनित थापा। आज जोरबङ्गलो सुकेपोखरी पञ्चायत समितिका सभापति अनि सदस्यहरू साथै खण्ड अन्तर्गतका सम्पूर्ण ग्राम पञ्चायतका प्रधान लगायत अन्य सदस्यहरूसँग भेटवार्ता गरे।राजनीतिक परिवर्तनको गर्मी अब शिथिल हुँदै गएको महसुस उपस्थित पञ्चायतका सदस्यहरूले पनि अनुभव गरेको कुरा आज सुनाए। मैले सबैलाई नआत्तिनु भनेर अवगत गराएकै थिए। आजको बैठकमा सबैले मेरो कुरालाई सही रहेको बताए। कुनै कुराको पनि परिवर्तन हुँदा उथुलपुथुल हुनु स्वाभाविक हो। झन् राजनीतिमा परिवर्तन आउनु भनेको हावाको दिशा नै परिवर्तन हुनु हो। यसरी दिशा परिवर्तन भइरहेको समयमा जरा बलियो हुनेहरूमात्र स्थिर रहन सक्छन्। पहेंलिसकेका पातहरू झर्ने त हो नै। आज यहाँ मसँग साथमा उभिनु हुने सबै बिजीपीएम पार्टीका हरिया पातहरू हुन्। जोरबङ्गलो सुकेपोखरी पञ्चायत समिति अन्तर्गतका सबै पञ्चायतहरूले म माथि भरोसा अनि विश्वास राखेर साथै बीजीपीएम पार्टीको सोचमा अडिग रहनुभयो। त्यसैले आज हामी सबैजना एकसाथ छौँ। सबै सबैलाई धन्यवाद। हाम्रो एकता नै हाम्रो शक्ति हो।












