गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

Share this news

गाेर्खा जनमुक्ति माेर्चा मिरिक महकुमा समितिले बिहीबार मिरिक खण्ड विकास कार्यालयमा एउटा ज्ञापन पत्र बुझायाे।ज्ञापन दिने माेर्चा टाेलीमा गाेजमुमाे मिरिक महकुमा अध्यक्ष रूपेस राई, सचिव सचिन गुरूङ, गाेजमुमाे सियाेक गाेपालधारा ओकेटी समष्टि अध्यक्ष याेगेस गाेले, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष मुकुल घिमिरे, टाउन कमिटि अध्यक्ष उमेष बिष्ट, महकुमा समिति प्रवक्ता अर्पण राई, माेर्चा नेताहरू लाडुप घिसिङ, अभिषेक श्रेष्ठ,संजीव लामा आदि प्रमुख थिए। मिरिक खण्ड विकास कार्यालयमा ज्ञापन बुझाएपछि संचार माध्यमशीत बाेल्दै महकुमा प्रवक्ता अर्पण राईले ग्राम पन्चायत क्षेत्रमा सरकारबाट हुने जनमुखी कार्य,सरकारी सहयाेग र सहुलियतबारे खण्ड विकास अधिकारीसित चर्चा भएकाे बताए। राईले ग्राम पन्चायत क्षेत्रमा कुनै पनि विकासकाे कार्य गरिन्दा पारादर्शी ढंगमा गरिनु पर्ने अनि भुक्तभोगीहरूकाे समस्याकाे समधान सही ढंगमा गरिनुपर्ने निवेदन गरिएकाे बताए। राईले खण्ड विकास अधिकारीसित गत ४ अक्टाेबरमा आएकाे भल पैह्राे विषयमा चर्चा गर्दै कतिपय पिडितहरूले हालसम्म सरकारी सहयाेग पाउन नसकेकाे अनि सडक,पुल आदि निर्माण हुन नसकेकाे विषयमा चर्चा हुन साथै आगमी पानीकाे माैसममा सतर्कताबारे पनि चर्चा भएकाे जानकारी गराए।तिनले एसआरआईमा नाम छुटेकाहरूकाे नाम हाल्नुपर्ने विषयमा पनि चर्चा भएकाे जानकारी गराँउदै वर्तमानमा उपभोक्ताहरूले भाेग्न परेकाे खाना पकाउने ग्यास सिलिन्डरको बिषयमा पनि चर्चा भएकाे बताए। खण्ड विकास अधिकारीशीत अन्नपूर्ण भण्डार याेजना विषयमा पनि चर्चा भएकाे अनि अन्नपूर्णकाे रकम सबै याेग्य भारतीय महिलाहरूले पाउने जसकाेलागि फारम खण्ड विकास कार्यालय अनि ग्राम पन्चायतले उपलब्ध गराँउने खण्ड विकास अधिकारीले जनाएकाे बताए। भेटमा खण्ड विकास अधिकारी समक्ष जनप्रतिनिधिहरूलाई राखेर एउटा सभा राखेर विविध विषयमा छलफल गरिदिने पनि माेर्चा टाेलीले अनुराेध गरेकाे बताए। सबै कुराे सुनेपछि खण्ड विकास अधिकारीले सकरात्मक आश्वसन दिएकाे प्रवक्ता अर्पण राईले बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ