CBSE OSM Controversy
CBSE OSM Controversy

सीबीएसईको अन-स्क्रिन मार्किङ प्रणालीविरुद्ध एनएसयूआई दिल्ली उच्च अदालतमा, स्वतन्त्र छानबिनको माग

Share this news

कक्षा १२ को बोर्ड परीक्षामा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) ले लागू गरेको अन-स्क्रिन मार्किङ (ओएसएम) प्रणालीलाई लिएर विवाद चुलिँदै गएको छ। यसैबीच भारतीय राष्ट्रिय विद्यार्थी सङ्गठन (एनएसयूआई) ले उक्त प्रणालीमा व्यापक अनियमितता, प्राविधिक त्रुटि तथा गुनासो सम्बोधनमा कमजोरी रहेको आरोप लगाउँदै दिल्ली उच्च अदालतमा जनहित याचिका दर्ता गरेको छ। एनएसयूआईका राष्ट्रिय अध्यक्ष विनोद जाखरमार्फत दायर गरिएको याचिकामा ओएसएम प्रणालीको स्वतन्त्र छानबिन गरिनुपर्ने माग गरिएको छ। याचिकामा नतिजा सार्वजनिक भएपछि देशभरका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले धमिलो स्क्यान, हराएका पृष्ठ, अपूर्ण अपलोड, उत्तरपुस्तिका नमिलेको तथा अपेक्षाभन्दा निकै कम अंक प्राप्त भएको जस्ता गम्भीर गुनासाहरू उठाएको उल्लेख गरिएको छ।

एनएसयूआईले हालको गुनासो समाधान प्रणाली पर्याप्त नभएको दाबी गर्दै विवादित उत्तरपुस्तिकाको म्यानुअल पुनर्जाँच तथा भौतिक प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने माग गरेको छ। साथै, पुनर्मूल्याङ्कन तथा प्रमाणीकरणका लागि खोलिएको पोर्टल थप एक महिनासम्म खुला राख्न अदालतलाई निर्देशन दिन अनुरोध गरिएको छ। याचिकामा लाखौँ विद्यार्थीको शैक्षिक भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले मूल्याङ्कन प्रक्रियामा कुनै त्रुटि भए त्यसको गम्भीर असर विश्वविद्यालय भर्ना, छात्रवृत्ति तथा अन्य शैक्षिक अवसरहरूमा पर्न सक्ने उल्लेख गरिएको छ।

एनएसयूआईले भविष्यमा यस्ता डिजिटल मूल्याङ्कन प्रणाली लागू गर्दा आवश्यक मापदण्ड, सुरक्षा व्यवस्था र निगरानी संयन्त्र सुनिश्चित गर्न केन्द्र सरकारको प्रत्यक्ष हस्तक्षेपसमेत माग गरेको छ। यसअघि पनि एनएसयूआईले ओएसएम प्रणालीको विरोध गर्दै दिल्लीस्थित सीबीएसई मुख्यालयअगाडि प्रदर्शन गरेको थियो। संगठनले मूल्याङ्कन प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा विद्यार्थीको हितलाई प्राथमिकता दिनुपर्ने माग गर्दै आएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ