SAGA DAWA Festival
SAGA DAWA Festival

सुकेपोखरी गुम्बामा सागा दावा पर्वका अवसरमा विशेष पूजा तथा त्रिपिटक परिक्रमा सम्पन्न

Share this news

सुके क्षेत्रको प्रमुख धार्मिक केन्द्रका रूपमा परिचित सुकेपोखरी कृति ग्यादेन टाँशी छ्योलिङ गुम्बामा बौद्ध धर्मको पवित्र महिना तथा पर्व सागा दावाका अवसरमा सञ्चालन गरिएको महिनाभरि पूजा–अर्चना तथा धार्मिक कार्यक्रमहरू सम्पन्न भएका छन्। सागा दावा पर्वलाई बौद्ध धर्मावलम्बीहरूले विशेष श्रद्धा र भक्तिभावका साथ मनाउने परम्परा रहिआएको छ। यस अवसरमा गुम्बामा विभिन्न धार्मिक अनुष्ठान तथा प्रार्थना कार्यक्रमहरू आयोजना गरिएको थियो। सागा दावा पूर्णिमाका दिन विश्व शान्तिको कामना गर्दै गुम्बाको आयोजनामा बौद्ध धर्मग्रन्थ त्रिपिटकको सुके बजार परिक्रमा गरिएको थियो। उक्त कार्यक्रममा सुकेपोखरी तथा आसपासका क्षेत्रका बौद्ध धर्मावलम्बी र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आलक ताकलुड रिम्बुचेको अगुवाइमा सम्पन्न कार्यक्रमअन्तर्गत त्रिपिटकलाई बजार परिक्रमा गराएपछि गुम्बामा विधिवत् पूजा–अर्चना तथा धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएको आयोजक पक्षले जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड