स्पेनमा भेटियो रहस्यमयी धातुद्वारा निर्मित आभूषण

Share this news

स्पेनमा पुरातत्वविद्हरूको टोलीले कलाकृति फेला पारेका छन् । यसले पुरानो धातुकर्मको इतिहास पुनः परिभाषित गर्नसक्छ। विलेनाको प्रसिद्ध खजानामा अनुसन्धानकर्ताहरूले उल्का पिण्डको फलामको दुई कलाकृति फेला पारेका छन्। विज्ञहरूको दाबीअनुसार, यो फलाम पृथ्वीसँग सम्बन्धित होइन। यो एक दुर्लभ पदार्थ हो, जुन आकाशमा खसेको चट्टानको माध्यमबाट पृथ्वीमा आएको थियो।
विलेनाको खजाना लगभग तीन हजार वर्ष पुरानो छ। यहाँ एक चुरा र एक सजावटको आभूषण भेटिएको छ। यी दुई वस्तु असाधारण छन् किनभने यी बाहिरी अन्तरिक्षको फलामबाट बनाइएका छन्। यो असाधारण आविष्कार आइबेरियामा फलामको युग शुरु हुनुअघि नै आकाशको फलामको उपयोग
गरिएको कुरा दर्शाउँछ। यो खजाना सन् १९६३ मा
स्पेनको एलिकान्टे प्रान्तको विलेना शहरको वरिपरि पत्ता लगाइएको थियो। यो इबेरीयन प्रायद्वीपमा काँस्य युगको सुनको कलाकृतिको सबैभन्दा महत्वपूर्ण आविष्कार मध्येको एक मानिन्छ। खजानामा सुन चढ़ाइएको तरवारको ह्याण्डल (पोमेल) अनि फलामको चुरा असाध्यै विशेष संरचनाका छन्। राष्ट्रिय पुरातत्व
संग्रहालय, दिरियाह गेट डेभलपमेन्ट अथोरिटी र स्पेनिश नेशनल रिसर्च काउन्सिलको टोलीको नयाँ अध्ययनअनुसार, यी फलामको वस्तु पृथ्वीको फलाम नभई लगभग १० लाख वर्ष पुरानो उल्का पिण्डको फलाम हुनसक्ने कुरा पत्ता लागेको हो।स्पेनको राष्ट्रिय पुरातत्व
संग्रहालयको पूर्व संरक्षण प्रमुख सल्भाडोर रोभिरा-लोरेन्सको नेतृत्वमा गरिएको अनुसन्धानमा मास स्पेक्ट्रोमेट्रीको विधिबाट कलाकृतिको परीक्षण गरियो। फलाममा निकलको मात्रा अधिक हुनुले यो बाहिरी अन्तरिक्षको फलाम हुनसक्ने कुरा पुष्टि गरेको छ। यो आविष्कार असाध्यै महत्वपूर्ण छ, किनभने यो कुरा पहिलोपल्ट मानव जीवनमा अन्तरिक्षको फलामको उपयोग गरिएको उदाहरण हुनसक्छ। यी वस्तु इबेरियामा फलामको युग शुरु हुनुभन्दा लगभग पाँच सय वर्ष पहिले, ईसा पूर्व १४०० देखि १२०० को छेउछाउ निर्मित भएको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। यो आविष्कार परम्परागत कालगणनालाई अस्वीकार गर्छ। त्यतिबेला इबेरियाका मानिसहरूले उल्का पिण्डको फलाम पहिचान गर्थे अनि यसका आभूषण बनाउनसक्ने कौशल राख्दथे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ