Niti Extreme Ultra Run 2026
Niti Extreme Ultra Run 2026

भारतको–चीन (तिब्बत) सीमाको नजिक उत्तराखन्ड चमोली जिल्लामा अवस्थित नीति भ्याली (Niti Valley) मा आयोजना गरिएको

Share this news

“मिरिक रनर्स इनिसिएटिभ” (M.R.I.) टोलीका धावकहरूले हालै आयोजना गरिएका दुईवटा अत्यन्तै चुनौतीपूर्ण हिमाली दौड प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै क्षेत्रकै गौरव बढाएका छन्। आफ्नो अदम्य साहस, कठोर परिश्रम र खेलप्रतिको समर्पणलाई प्रमाणित गर्दै टोलीका सदस्यहरूले भारतको उत्तराखण्ड र दार्जीलिङ दुवै स्थानमा उल्लेखनीय सफलता हासिल गर्न सफल भएका हुन्।

उत्तराखण्डको चमोली जिल्लास्थित भारत–चीन (तिब्बत) सीमा नजिकै आयोजित “निति एक्सट्रिम अल्ट्रा रन २०२६” मा मिरिकका धावकहरूले ऐतिहासिक नतिजा निकाले। उत्तराखण्ड पर्यटन विकास बोर्ड र स्थानीय सँगठनको समन्वयमा सम्पन्न यो उच्च हिमाली अल्ट्रा म्याराथन करिब १५,००० फिटको कठीन उचाइबाट सुरु भई ११,८०० फिटमा समापन भएको थियो। यस चुनौतीपूर्ण पर्यावरणमा ७५ किलोमिटरको ६० वर्षमाथि (60+) वर्गमा कृष्ण तामाङले प्रथम स्थान हासिल गरी टोलीलाई गौरवान्वित तुल्याए। यसैगरी, ७५ किलोमिटर ओपन महिला वर्गमा मिना कुमारी सुब्बाले ७ घण्टा ११ मिनेटको उत्कृष्ट समय निकाल्दै दोस्रो स्थान सुरक्षित गरिन्। छोटो र द्रुत गतिको विधा तर्फ, २१ किलोमिटर महिला ओपन वर्गमा अनुदा तामाङले मात्र २ घण्टा ०५ मिनेटको समय निकाल्दै प्रथम स्थान चुम्न सफल भइन् भने २१ किलोमिटरकै ५० वर्षमाथि (50+) वर्गमा सचित थापाले छैटौँ स्थान प्राप्त गरे।

यो राष्ट्रिय स्तरको सफलता सँगसँगै मिरिक रनर्स इनिसिएटिभको टोलीले दार्जीलिङमा आयोजित “तेन्जिङ नोर्गे ट्रेल रन २०२६” मा पनि आफ्नो दरो उपस्थिति दर्ता गरायो। ३१ मे २०२६ मा सम्पन्न यस प्रतियोगिताको ३२ किलोमिटर विधामा टोलीका सदस्य श्री वीर बहादुर राईले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरे। सोही ३२ किलोमिटरको कठीन दूरीलाई टोलीका अन्य सदस्यहरू  वीरमान तामाङ, राजेन तामाङ, मारिया राई र सामिना सुब्बाले सफलतापूर्वक पूरा गरेर आफ्नो सहनशीलताको परिचय दिए। यसका साथै, १६ किलोमिटर पुरुष वर्गमा यादित तामाङले पनि दौड सफलतापूर्वक पूरा गर्दै प्रतिष्ठित ‘फिनिशर’ को रूपमा आफूलाई उभ्याए।

यी दुवै प्रतियोगिताहरूमा “मिरिक रनर्स इनिसिएटिभ” का धावकहरूले प्रदर्शन गरेको उच्च क्षमता, सहनशीलता र दृढ संकल्प साँच्चै नै प्रेरणादायी छ। कठिन हिमाली भूगोल र मौसमलाई परास्त गर्दै विधागत रूपमा उत्कृष्ट नतिजा निकाल्न सफल सम्पूर्ण विजेता तथा दौड पूरा गर्ने सहभागी धावकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा आयोजना हुने खेल यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ