GNLF Organizational Meeting
GNLF Organizational Meeting

अपर दिलाराम लोकेशन गाउँमा गोरामुमोको सांगठनिक सभा सम्पन्न, स्थानीयवासीले हरियो झण्डाप्रति प्रतिबद्धता जनाए।

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा टुङ्ग–सन्त मेरिज समष्टि अन्तर्गत अपर दिलाराम लोकेशन गाउँमा एक महत्वपूर्ण सांगठनिक सभा समष्टि अध्यक्ष श्मदन छेत्रीको सभापतित्वमा सम्पन्न भएको छ। सभामा पार्टीको सांगठनिक सुदृढीकरण, गोर्खा जातिको अधिकार तथा क्षेत्रीय पहिचानको संरक्षण सम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो।
उक्त सभामा केन्द्रीय समिति सदस्या अमृता थापा, गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई, खर्साङ महकुमा एचपीडब्ल्यु अध्यक्ष अदिप राई, खर्साङ महकुमा समिति प्रचार–प्रसार सचिव भुपेन गुरुङलगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन खर्साङ महकुमा गोरायुमो सचिव सन्तोष सुब्बाले गरेका थिए।
सभामा लोकेशन क्षेत्र तथा आसपासका गाउँका हरियो झण्डा समर्थक सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले गोर्खा समुदायको अधिकार, पहिचान तथा क्षेत्रीय हितको संरक्षणका लागि गोरामुमोको नेतृत्व र पार्टीको नीतिप्रति आफ्नो समर्थन निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
वक्ताहरूले आफ्नो सम्बोधनका क्रममा गोर्खा जातिको दीर्घकालीन राजनीतिक पहिचानको सवाल तथा क्षेत्रीय स्वाभिमानको रक्षामा गोरामुमोले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पारे। उनीहरूले संगठनलाई अझ सशक्त बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। सभामा उपस्थित सम्पूर्ण नेतृत्वले आ–आफ्नो मन्तव्य राख्दै संगठन विस्तार, युवा सहभागिता वृद्धि तथा जनआधारित आन्दोलनलाई थप बलियो बनाउने विषयमा विचार व्यक्त गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ