GNLF Party meeting
GNLF Party meeting

गोरामुमो तकदाह-टिस्टा भेल्लीका १६ परिवार पार्टीमा सामेल

Share this news

गोरामुमो तकदाह–टिस्टा भेल्ली समष्टिको सांगठनिक सभा सम्पन्न, १६ घर परिवार पार्टीमा सामेल। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत तकदाह–टिस्टा भेल्ली समष्टिको एक महत्वपूर्ण सांगठनिक सभा समष्टि अध्यक्ष सुदेश राईको अध्यक्षतामा रङ्ली शिरुबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ।

समष्टि सचिव प्रमित राईका अनुसार सभाको अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी १६ घर परिवार गोरामुमोमा सामेल भएका छन्। नवप्रवेशी सदस्यहरूलाई समष्टिका प्रतिनिधिहरूले खदा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

सभामा समष्टि उपाध्यक्ष भुपेन्द्र लोप्चन, समष्टि समष्टि गोरायुमो अध्यक्ष पुरण राई, गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) केन्द्रीय समिति सदस्य लिलादेवी परियार, रङ्ली एचपीडब्ल्यु शाखा अध्यक्ष रोशन राई लगायत समष्टिका प्रतिनिधिहरू तथा ठूलो संख्यामा गोरामुमो कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले गोर्खा समुदायको दीर्घकालीन राजनीतिक अधिकार र पहिचानको मुद्दा समाधान गराउने उद्देश्यले नै जनताले भारतीय जनता पार्टी (भाजपा) लाई समर्थन गरेको बताएका थिए। वक्ताहरूले गोर्खा जातिको न्यायोचित मागलाई तार्किक निष्कर्षमा पुर्‍याउन गोरामुमोले विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी गरे। उनीहरूले केन्द्र सरकार तथा गृहमन्त्री अमित शाहले समेत गोर्खा समुदायका मुद्दाप्रति प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै जीटीए जस्तो असंवैधानिक व्यवस्थाका लागि जनताले मत नदिएको बताए। गोर्खा समुदायको स्थायी राजनीतिक समाधान सुनिश्चित हुने विश्वास व्यक्त गर्दै अब निराश वा आत्तिनुपर्ने अवस्था नरहेको धारणा पनि वक्ताहरूले राखेका थिए।

सभामा सहभागी प्रतिनिधिहरूले जाति र माटोको हितका लागि सम्पूर्ण गोर्खा समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। साथै, संगठनलाई अझ सुदृढ बनाउँदै गाउँ–गाउँसम्म पार्टीको विचार र आन्दोलनलाई विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। सभाले तकदाह–टिस्टा भेल्ली क्षेत्रमा गोरामुमोको संगठनात्मक आधार थप मजबुत बन्दै गएको सन्देश दिएको पार्टी स्रोतले जनाएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ