GNLF Party Meeting
GNLF Party Meeting

गोरामुमो तराई च्याँगा शाखाको सांगठनिक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तराई समष्टि अन्तर्गत साइनगर–च्याँगा शाखाको एक महत्वपूर्ण सांगठनिक सभा स्थानीय सामुदायिक भवनमा शाखा अध्यक्ष मनबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको छ।

तराई समष्टि सचिव दिपेन लोहारद्वारा सञ्चालन गरिएको उक्त सभामा गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल ऋषि थापा तथा तराई समष्टि अध्यक्ष कर्ण प्रधानले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। वक्ताहरूले संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउँदै गोर्खा जाति, भाषा, संस्कृति तथा माटोको अधिकारको संरक्षणका लागि एकजुट भएर संघर्ष गर्नुपर्नेमा जोड दिए।

सभालाई सम्बोधन गर्दै सेक्रेटरी जनरल ऋषि थापाले गोर्खाल्याण्ड आन्दोलनको वर्तमान अवस्था तथा छैटौं अनुसूचीको महत्वबारे विस्तृत जानकारी गराए। उनले छैटौं अनुसूची लागू भएमा गोर्खा समुदायले आफ्ना पुर्ख्यौली भूमि र सम्पत्तिमाथि पूर्ण मालिकाना अधिकार प्राप्त गर्न सक्ने दाबी गर्दै आन्दोलन सकारात्मक निष्कर्षतर्फ अघि बढिरहेको बताए। उनले कार्यकर्ताहरूलाई धैर्यता अपनाउन आग्रह गर्दै गोर्खा जनताको दीर्घकालीन आकांक्षा पूरा हुने अवसर नजिकिँदै गएको उल्लेख गरे।

त्यसैगरी तराई समष्टि अध्यक्ष कर्ण प्रधानले संगठन विस्तार र जनसरोकारका मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन कार्यकर्ताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए। च्याँगा शाखा सचिव सुरेश खनालले पनि संगठनको वर्तमान गतिविधि तथा भावी कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए।

सभामा गोरामुमो केन्द्रीय महासचिव ऋषि थापा, मिरिक ब्राञ्च सचिव, तराई समष्टि अध्यक्ष कर्ण प्रधान, समष्टि सचिव दिपेन लोहार, पानिघट्टा शाखा अध्यक्ष शरण प्रधान, सदस्य कमल प्रधान, केन्द्रीय सदस्य भुवानी प्रसाद दुलाल, रबिन जिम्बा, बसन्त प्रधान लगायत च्याँगा शाखाका वरिष्ठ पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।उक्त जानकारी मिरिक ब्राञ्च मिडिया प्रभारी राजकुमार रिजालले जारी गरेको प्रेस विज्ञप्तिमार्फत दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ