Suvendu Adhikari BJP West Bengal revives 18th century traditional paramilitary force border security syndicate 2026
Suvendu Adhikari BJP West Bengal revives 18th century traditional paramilitary force border security syndicate 2026

शुभन्दुले बिरामी रेफर गर्ने र दलाली नियन्त्रण गर्न कडा कदम चाल्ने

Share this news

पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सरकारी अस्पतालहरूमा देखिँदै आएको बिरामी रेफर गर्ने समस्या तथा दलाल चक्र नियन्त्रण गर्न कडा कदम चाल्ने घोषणा गरेका छन्। यसका लागि स्वास्थ्य भवनमा २४ घण्टा सञ्चालन हुने विशेष कन्ट्रोल रुम स्थापना गरिने भएको छ, जहाँबाट राज्यभरका जिल्ला अस्पताल तथा मेडिकल कलेजहरूको प्रत्यक्ष निगरानी गरिनेछ।  मुख्यमन्त्रीका अनुसार कन्ट्रोल रुममार्फत अस्पतालमा चिकित्सकहरूको उपस्थितिदेखि बिरामीले सेवा पाए–नपाएको अवस्था, सरसफाइ, सुरक्षा व्यवस्था तथा कुनै प्रकारको दलाल गतिविधि भइरहेको छ कि छैन भन्ने विषयमा नियमित निगरानी गरिनेछ। यसका लागि दक्ष तथा पेशागत जनशक्ति समेत नियुक्त गरिने जानकारी दिइएको छ।

सरकारले अस्पतालहरूमा अनावश्यक रेफर रोक्न विशेष समन्वय प्रणाली लागू गर्ने तयारी पनि गरिरहेको छ। सरकारी अस्पतालमा अत्यधिक चाप परेको अवस्थामा राज्य सरकारबाट सहुलियतमा जमिन प्राप्त गरेका निजी अस्पतालहरूमा बिरामी पठाइनेछ, जहाँ राज्यबाट रेफर गरिएका बिरामीका लागि निश्चित शय्या (बेड) उपलब्ध गराउनुपर्ने व्यवस्था गरिने बताइएको छ। मुख्यमन्त्री अधिकारीले अस्पतालभित्र हुने दलाल गतिविधिप्रति ‘जिरो टोलरेन्स’ नीति अपनाइने स्पष्ट गर्दै आम नागरिकलाई यस्ता गतिविधिबारे जानकारी दिन आग्रह गरेका छन्। साथै अस्पताल व्यवस्थापनलाई थप पारदर्शी, उत्तरदायी र बिरामीमैत्री बनाउन विभिन्न सुधार कार्यक्रमहरू पनि अघि बढाइने जनाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ