सिक्किम विविको दीक्षान्तमा मिरिककी विपाशा खत्री स्वर्ण पदकले विभूषित

Share this news

सिक्किमको राजधानी गान्तोकको मनन केन्द्रमा भारतका महामहिम राष्ट्रपति द्रौपदी मुर्मुको उपस्थितिमा सिक्किम विश्विद्यालयको सातौँ दीक्षान्त समारोह बड़ो भव्यतापूर्वक सम्पन्न भयो । अपरान्ह चार बजेर पन्ध्र मिनटमा शुरु भएको कार्यक्रममा सिक्किमका महामहिम राज्यपाल, महामहिम मूख्यमंत्री तथा शिक्षामंत्री, विश्वविद्यालयका वरिष्ठ अधिकारीहरू अनि अनान्य गण्यमान्य अतिथीहरूको उपस्थितिमा सिक्किम विश्वविद्यालयबाट पीएचडी गरेका 197 विद्यार्थीहरूलाई स्वर्ण पदकले विभूषित गरियो । शुरुका प्रथम दश जनालाई महामहिम राष्ट्रपतिको बाहुलीबाट पदक वितरण गरेकी थिइन् भने बाँकी रहेका पदकधारीहरूलाई सिक्किमका महामहिम राज्यपाल र मूख्यमंत्रीले पदक पदान गर्नका साथै विभिन्न गण्यमान्यमान्य व्यक्तिहरूबाट रहल पदकहरू प्रदान गरियो ।

सिक्किमका छ वटा अध्ययन विद्यालयहरू, अठाह्र सम्बद्ध कालेजहरू अन्तर्गत तेंत्तिस विभागहरूका 2023, 24 र 25 का बर्षहरूलाई समेटेर स्नातक, स्तानकोत्तर,एम फील र पीएचडीका जम्मा तेह्र हजार सात सय वियासी विद्यार्थीहरूलाई डिग्री प्रदान गरिएको थियो । .यो दीक्षान्त समारोहमा मिरिक थाना लाइन शीतला नगर निवासी रुपेश खत्री र मातृका खत्रीका एकमात्र सुपुत्री विपाशा खत्रीले पनि आर्ट्स सब्जेक्टमा मास्टर डिग्री प्रथम दर्जामा उत्तीर्ण गरेकीमा सिक्किमका शिक्षा मंत्री राजू बस्नेतको बाहुलीबाट स्वर्ण पदक र प्रमाणपत्र हासिल गरेकी छ ।

विपाशाको यो उपलब्धीमा परिवारका सदस्यहरू मात्र नभएर सम्पूर्ण मिरिकवासीको शिर गर्वले उँचो भएको छ अनि सबैले विपाशालाई बधाई दिएका छन् । मूल घर पोख्रेबुङ भएको भएता पनि विपाशाहरू मिरिकमा वसोवासो गर्ने गर्छन्, विपाशाका पिता रुपेश खत्री सेनाका अवकाश प्राप्त जवान हुन् अनि विपाशाको मावली गोपालधाराका बुढ़ाथोकीहरू हुन् । विपाशा हालमा सिलगड़ीको एउटा लीजि वी एच कलेजबाट बी एड गरिरहेकी छ अनि उसले वेला मौकामा अंग्रेजी भाषामा फीचर र रिपोर्टहरू पनि लेख्ने गरेकी छ ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ