Raju Bista Meet CM
Raju Bista Meet CM

बिष्ट, गुरुङ, गिरीलगायत तीन विधायकहरूको मुख्यमन्त्री शुभन्दुसङ्ग भेट

Share this news

दार्जीलिङका सांसद श्रीमान राजु बिष्ट गोजमुमो अध्यक्ष श्रीमान बिमल गुरुङ महासचिव रोशन गिरि लगायत पहाडका तीन बिधायक क्रमैले नोमन राई, सोनाम लामा, भरत छेत्रीको टोलीले कलकत्ताको नवन्नामा पहाडका विभिन्न ज्वलन्त विषयहरूलाई लिएर पश्चिम बंगालका मुख्यमन्त्री माननीय सुभेन्दु अधिकारीसँग उच्चस्तरीय बैठक तथा महत्वपूर्ण भेटघाट गरे।

उक्त बैठकमा जीटीएमा भएको व्यापक घोटाला, शिक्षक भर्ती प्रक्रियामा देखिएको अनियमितता, “हर घर जल” योजना तथा “अमृत” योजनामा भएको कथित भ्रष्टाचारमाथि उच्चस्तरीय निष्पक्ष जाँचको माग जोडदार रूपमा उठाइयो। साथै, पहाडका जनताले भोगिरहेका विभिन्न प्रशासनिक तथा विकाससम्बन्धी समस्याहरूको शीघ्र समाधान गर्नुपर्ने विषयमा पनि छलफल सम्पन्न भयो।

अर्कोतिर २००७ देखि २०१७ सम्मको गोर्खाल्यान्ड आन्दोलनमा सहिद भएका वीर योद्धाहरूको बलिदानलाई सम्मान गर्दै, प्रत्येक सहिद परिवारका १८ वर्षदेखि ४५ वर्षसम्मका योग्य सदस्यलाई सरकारी नोकरी प्रदान गरिने मांग समेत राखे। विशेषगरी पढ्न, लेख्न सक्ने तथा आवश्यक योग्यता पुगेका सदस्यलाई प्राथमिकताका साथ रोजगारीको अवसर उपलब्ध गराइने विषमा पनि चर्चा गरियो। मुख्यमन्त्रीसंगको भेटघाटपछि गोर्खा जनमुक्ति मोर्चाले पहाडका जनताको हक, अधिकार र पारदर्शी प्रशासनको पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ