मिश्रणमा विद्युतीय पाराले प्रस्तुत भएका साहित्यिक लक्ष्मी प्रसाद प्रसाई
•पूर्णकुमार शर्मा
समारदलनि, विश्वनाथ,असम।
होनहार व्यक्तित्वका धनी र साहित्यको ठूलो भविष्य बोकेर नेपाली साहित्य समाजमा झुल्किनु भएको लक्ष्मी प्रसाद प्रसाई सन १९६५ स्वर्गीय विष्णुलाल र स्वर्गीय विष्णुमाया प्रसाईंको कोखबाट उत्तर सिक्किमको पहाड़ी क्षेत्रमा जन्मनु भएको हो। सानो उमेर देखिनै आफ्नो भाषा साहित्य संस्कृति तथा जातिप्रति रहेको आफ्नो दायवद्धता अनुधावन गरेर, त्यसको परिपूर्तिले सबै विधामा कलम चलाउने प्रयास गरेका प्रसाई समयमा आफ्नो लक्ष्य र उद्देश्यमा अग्रसर रहेर आजको मुकाममा उपस्थित भएर हामी सामु खडा भएको पाइन्छ ।
नेपाली साहित्य परिषद् सिक्किममा संलग्न रहेका सर्वजन परिचित, जनप्रिय बहुमुखी प्रतिभाका धनी, कएक पुस्तकका लेखक र नेपाली साहित्य भन्दा रातोदिन खटने, नेपाल र भारतका पुस्तकालयका संयोजक टिका ढुंँगेल*रटन* मार्फत यो पुस्तक समीक्षा गर्ने आग्रह गर्नुभएको हुँदा, मिश्रण लघु उपन्यास केही कथा र कविता हात परेको हो। टिका ढुंँगेल रटन, कसैको नजरमा साधारण साहित्य लेखक हुनुहुन्छ भन्ने लाग्छ होला, तर यस पंक्तिकारको नजरमा उहाँ एकजना साहित्यकारको समन्वयक, एकजना अन्तर्राष्ट्रिय कुशल संगठक र बलियो साहित्यिक साँघु हुन भन्ने लाग्छ । उहाँले आदेश दिएर काम गरेर धेरैको मनमा साहित्य चर्चाप्रति झुकाव भएको कुरा हामीले बिर्सनु हुँदैन।
उनी साधारण जीवन असाधारण कामकाे नमुना हो भनेर सर्वजन स्वीकृत कुरा यहाँ उल्लेख नगरी चित्त बुझेन । लक्ष्मी प्रसाद प्रसाईको उक्त पुस्तक र अन्य प्रकाशित कृतिहरू देख्दा सबै विधामा प्रसाईलाई मुछिदिउँ भन्ने विचार आएकोले यहाँ एउटा पुस्तकमा केन्द्रित नभएर सामग्रिक साहित्यिक व्यक्तित्वमाथि छोटो विचार व्यक्त गर्ने रहर पलाएको हो। तुम्लाबुंग रानीपुल पूर्व सिक्किम निबास भएका प्रसाईंको पहिलो कृति नयाँ मोड कथा संग्रह रहेको देखिन्छ । नामद्वारा अनुमान गर्न सकिन्छ कि यस कथा संग्रहका कथाहरुमा मनुष्य जीवनको नयाँ गन्तव्यमा समय परिवर्तन भएको छ र सधैं हिड़िएको बाटोमा मन वचन र कर्मले नयाँ विचार समेट्दै अर्को दिशामा मोड़िनु आवश्यक हुन्छ। लेखक समाजको एकखाले आँखो नै हो र उसले पासमय सापेक्ष पाठकलाई सचेत गराउने धर्मको निर्वहन गरेको कुरा विवेचनाको कसौटीमा हामीले बुझु पर्छ । नयाँ मोड़ पछि उपहार कविता पुस्तक लिएर लक्ष्मीप्रसाद उपस्थित हुनुभएको छ।
उपहार भनेको नै पाठक प्रति लेखक चिन्तकको पाठकलाई दिने चिन्तनको कोसेली हो। कोसेली हरदम हँसिलो मुद्रामा रहेको हुन्छ। यसका लागि उङाँलाई साधुवाद छ।
यसरी बिरूवा संयुक्त पुस्तक भाग-१यहाँ कथाहरू छन् र अरु एकजना सहलेखक छन् भन्ने लाग्छ। सह लेखकको निम्ति पनि हाम्रो उत्तिकै हार्दिकता रहेको छ। यस क्रममा पुनर बिरूवा संयुक्त पुस्तक भाग-२मा पनि कथाहरू प्रकाशित भएका छन् र यहाँ सबैले एकैसाथ अघि बढ़नु कुनै समस्या नभएर समन्वयको उदाहरण हो भन्ने विचार अझ स्पष्ट हुन्छ। प्रकाशित पुस्तकहरू हेर्दैजाने हो भने विषय उठान गर्ने योजना पनि रोचक देखिन्छ। पाँचौं प्रकाशित पुस्तक संयोजक अनि प्रकाशक, संयुक्त साहित्य बाटिका विरूवा, यहाँ लेखन कार्यमा संलग्न सबै विधाको कार्यकर्ता जोड़िएका मानिसलाई आफूसँगै एउटै मन्चमा उभ्याउन चाहेको बुझिन्छ, यो व्यवस्थाले पाठकलाई आकर्षित गर्ने गर्छ। कथा भ्रमण (कथा संग्रह) यसो विचार गर्दा लेखक लक्ष्मीप्रसाद प्रसाईको रचनाको मूल विधा कथा नै हो, चाहे त्यो उपन्यास सम्म लम्किरहेको होस्। कथा भ्रमण गरेको भन्नु समाजको विभिन्न पाटामा कथा आफ्नो उद्देश्य पूरा डुलेको अनि डुल्दै जाने क्रममा पाइएको अनुभव पाठकमाझ ल्याउने प्रयास गरिएको हो। यो बहु आयामिक र बहुउद्देश्यीय पनि हुन सक्छ।
पहिलो लहर कोरोनामा सामयिक साहित्यिक गतिविधि विभिन्न प्रकारले सामुमा आए। धेरै अनलाइन कार्यक्रम सम्पन्न भए, उसबेला घरमा कोचारिएर लेखिएको साहित्य पछि छापिएको थियो। यहाँ लेखकले कोरानोको दोस्रो लहर (कथा संग्रह) प्रकाशित गरेर, मुर्झाउन लागेको कोरोना परिस्थितिलाई कथा भावनालाई द्वारा पुनः सक्रिय पार्ने वौद्धिक कसरत गरेको प्रशंसनीय छ। माया उब्रेको अवस्था एक मनोवैज्ञानिक चलायमान अवस्था हो र रोमान्टिक चित्तलाई केही मलम लगाउने प्रयास उब्रेको माया रहल जिन्दगीलाई लघु उपन्यास र केही कथाहरू) समावेशी भएर पाठकको आशीर्वचन पाउँने पर्खाइमा रहेको छ। लेखकको मलिलो सोचाईमा जन्मेको मिश्रण (लघु उपन्यास, केही कथा अनि कविता)हरूमा समावेशी प्रतिनिधित्व भएको हामीले बुझु पर्छ। असलमा यो मिश्रणलाई उपलक्ष राखेर यो रचना अग्रसरतामा बढिरहेको हो र हामीले मिश्रणमा अरु पुस्तकलाई पनि आदरपूर्वक समेटेर साहित्यिक गतिविधि विशेष लेख बनाउन चाहेको कुरा ढुंगेल सर सँग राखिएको कुरा प्रकाशित गर्न मुनासिव ठानेको छ।
दशौं कृतिको रुपमा लेखकले पुनः संयुक्त पुस्तक निमा शेर्पा अनि लक्ष्मी प्रसाद प्रसाई कृत दोभान (कथा/मुक्तक/गजलहरू) पाठकलाई समर्पित गरको छ। यो त अरु धेरै खाद्यान्न एकमुष्ट पारेर एउटै बसाईमा विभिन्न स्वाद लिन सक्नुपर्छ भन्ने विचार पोखे जस्तो पनि लाग्छ। नेपाल देशको अभरिलो तर अनुपम प्राकृतिक पर्यटकीय स्थलहरू मध्ये एक रमनीय क्षेत्र हो भन्ने लाग्छ, मुस्ताङको सम्झनामा मुस्ताङको सम्झनामा मिश्रित कृतिहरू कृति प्रकाशित गरेर, हामी जस्ता धेरै नेपाल देखे पनि मुस्ताङ नदेख्ने वा नपुगेको लाई रमनीय क्षेत्र भ्रमणको अनुभव तथा वौद्धिक कसरत गराउँछ भन्ने विचार मनमा आएको हो। आउँदै आउँदै हामी छापिन तयार सञ्जालको वालबाटमा आइपुगेका छौं। यसको पनि निश्चय आफ्नो प्रकारको विषेशता छ भन्ने कुराको पुष्टि हुन्छ।
साहित्य सर्जकहरू समाजको सृजना र निर्माण पक्षको अभियन्ता भनिन्छ। आफ्नो सम्पूर्ण हृदय ढालेर आफुले जानेको बुझेको अनुभव गरेको कुरा विवेचनाको कसौटीमा पर्गेलेर मानवहितको लागि समय र श्रम खर्चिनु सानु र चानचुने कुरा होइन। दैवले संसारको सबैलाई यस्तो खालको कला र गुण नदिएको कुरा सर्वमान्य सिद्धान्त हो। जस्मा यो कुरा खटछ उसले संसारको ठूलो दौलत हासिल गरेको हुन्छ भन्ने ठूला बढ़ाको भनाई लक्ष्मीप्रसाद प्रसाईको रचनाको मूल उद्देश्य पूरा होस, उहाँको कलमबाट अरू अरू युगीन कृतिहरू जन्मिउन भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।।












