GNLF Organizational Meeting
GNLF Organizational Meeting

गोरामुमो टुङ-सन्तमेरी समष्टिको सांङ्गठानिक सभा सम्पन्न, नयाँहरू जोडिंदै

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत टुङ–सन्तमेरिज समष्टिको महत्वपूर्ण सांङ्ठनिक सभा टुङ सार्वजनिक भवनमा सम्पन्न भएको छ। समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त सभालाई समष्टि सचिव सन्तोष सुब्बाले सञ्चालन गरेका थिए।सभामा एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बी.के. राई, केन्द्रीय समिति सदस्य अमृता थापा, एचपीडब्ल्यु खर्साङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राई, खर्साङ ब्राञ्च कमिटी प्रचार–प्रसार सचिव भुपेन गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत समष्टि अन्तर्गतका विभिन्न शाखा–प्रशाखाका प्रतिनिधिबर्ग तथा भ्रातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

सभाको उद्देश्यबारे जानकारी गराउँदै समष्टि सचिव सन्तोष सुब्बाले गोरामुमोको राजनीतिक सिद्धान्त, गोर्खा जातिको राजनीतिक अधिकार तथा पहिचानको मुद्दालाई भारत सरकारसमक्ष सशक्त ढंगले पुर्‍याउन पार्टी अध्यक्ष मन घिसिङले इमानदार नेतृत्व प्रदान गरिरहेको बताए। उनले सोही नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पछिल्लो समय गोरामुमोमा नयाँ सदस्यहरू जोडिने क्रम तीव्र बनेको उल्लेख गरे।

उनले लामो समयदेखि निष्क्रिय रहेका पुराना सदस्यहरू समेत पुनः सक्रिय बन्दै संगठन विस्तार तथा जनसम्पर्क अभियानमा सहभागी हुन अग्रसर भएको जानकारी दिए। सभामा समष्टि अन्तर्गत रहेका शाखा–प्रशाखाका प्रतिनिधिबर्गलाई संगठन विस्तार, जनसम्पर्क अभियान तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत दिशानिर्देशनसहित व्यापक छलफल गरिएको थियो।

यस अवसरमा पार्टीमा नवप्रवेशी सदस्यहरूलाई गोरामुमो प्रतिनिधिबर्गले खदा लगाएर स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सभामा वक्ताहरूले हालै सम्पन्न निर्वाचनमा भाजपा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै विजयी गराएकोमा समष्टिवासी जनताप्रति आभार प्रकट गरेका छन्। वक्ताहरूले उक्त जीत सम्पूर्ण गोर्खा जातिको राजनीतिक आकांक्षा र संवैधानिक समाधानको दिशामा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

वक्ताहरूले आफ्नो सम्बोधनका क्रममा लगभग पाँच दशकपछि केन्द्र र बंगालमा एउटै गठबन्धनको प्रभावकारी समन्वय बनेको उल्लेख गर्दै गृहमन्त्री अमित शाहद्वारा संवैधानिक व्यवस्था चाँडै लागू गर्ने विषयमा गरिएको घोषणाले गोर्खा समुदायमा नयाँ आशा जागेको बताए। अब गोर्खा जातिको दीर्घकालीन राजनीतिक माग र चाहना पूरा हुने विश्वास आफूहरूले लिएको उनीहरूको भनाइ थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ