गाेर्खा जनमुक्ति माेर्चा अध्यक्ष बिमल गुरूङ आगमी 31मईकाे दिन मिरिक आउने एउटा प्रेसभेलाकाे आयाेजना गरेर मिरिक महकुमा समितिका प्रवक्ता अर्पण राईले बताएका छन्। गुरूङ गत 27 मईकाे दिन मिरिक आउने कार्यक्रम थियाे तर उनकाे कतिपय ब्यस्तताले उक्त कार्य स्थगित गरेर 31 मईमा कार्यक्रम गरिने तय भएकाे बताए। राईले पश्चिम बंगाल राज्यमा भएकाे गत विधान सभा चुनाउपछि गुरूङकाे पहिलाे भ्रमण मिरिकबासीलाई धन्यवाद ज्ञापन गर्नु रहेकाे जानकारी गराउँदै गुरूङकाे मिरिक भ्रमणलाई लिएर पार्टी कार्यकर्ताहरूमा उत्साह रहेकाे बताए। मिरिक भ्रमणकाे अवधि गुरूङले यहाँका पार्टी कार्यकर्ताहरूसित भेट गर्ने अनि जनसम्बाेधन पनि गर्ने जानकारी गराउँदै उक्त दिन धेरैजना गाेजमुमाेमा समावेश पनि हुने बताए। तिनले गाेर्खाजातिकाे आँटी र मुद्धाप्रति समर्पित रहेका नेता बिमल गुरूङ मात्रै रहेकाे कारणले उनकाे नेतृत्वमा नै गाेर्खा जातिले न्याय पाउने कुराेमा गाेर्खाजाति आशावादी रहेकाे बताउँदै चुनाउ परिणामपछि गाेजमुमाेमा सामेल हुनेहरूकाे संख्यामा लगतार वृद्धि भइरहेकाे बताए। तिनले बिमल गुरूङकाे मिरिक भ्रमण अवधि यहाँका माेर्चा नेतृत्वहरूसित साँगठनिक गतिविधि पनि चर्चा गरिने बताए भने कार्यक्रम यहाँकाे कृष्णनगर अस्पताल परिसरबाट रैलीकाे रूपमा शुरू भएर मिरिक सार्वजनिक भवनमा पुगेर धन्यवाद सभामा परिणत हुने जानकारी दिए। उक्त कार्यक्रममा गाेर्खाका सम्पूर्ण समुदाय, अल्पसंख्यक समुदाय लगायत पार्टी कार्यकर्ताहरूलाई सहभागी भइदिने अनुराेध पनि तिनले गरेका छन्।












