इन्डियन गोर्खा जनशक्ति फ्रन्टका २० घर परिवार गोरामुमोमा सामेल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संगठन विस्तार अभियानलाई थप मजबुती प्रदान गर्दै इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) बाट २० घर परिवार आज औपचारिक रूपमा गोरामुमोमा सामेल भएका छन्। दार्जीलिङ स्थित गोरामुमो केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा अनि केन्द्रीय समिति सदस्य पारस गुरुङको नेतृत्वमा मिरिक क्षेत्रबाट आएका आईजीजेएफ संस्थापक सदस्य एम. के. पाख्रीनसहित २० घर परिवारले गोरामुमोलाई समर्थन जनाएका हुन्।

कार्यक्रममा अध्यक्ष मन घिसिङले नवप्रवेशी सदस्यहरूलाई खदा लगाएर स्वागत गर्दै गोरामुमोमा सामेल भएकोमा बधाई ज्ञापन गरे। उनले जाति र माटोको हितका लागि सबै एकजुट भएर कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै संगठनलाई अझ सशक्त बनाउन सबैको सक्रिय भूमिकाको अपेक्षा व्यक्त गरे। यस अवसरमा खर्साङ ब्राञ्च अध्यक्ष निमा लामाले पार्टीको झण्डा प्रदान गर्दै नवप्रवेशीहरूलाई भव्य स्वागत जनाएका थिए। गोरामुमोमा औपचारिक रूपमा सामेल भएपछि आईजीजेएफका संस्थापक सदस्य एम. के. पाख्रीनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज पनि जातीय अस्मिता र जनभावनाको मुद्दालाई सशक्त रूपमा बोकेको स्पष्ट भएको बताए।

अध्यक्ष मन घिसिङसँगको भेटघाटपछि पार्टीको विचारधारा, लक्ष्य तथा भावी योजनाबारे आफूहरू विश्वस्त बनेको उल्लेख गर्दै उनले गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले देखाएको गोर्खा जातिको सपना अध्यक्ष मन घिसिङको नेतृत्वमा पूरा हुने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा घरदैलो अभियान सञ्चालन गर्दै संगठन विस्तारका साथै जनतालाई राजनीतिक रूपमा सचेत गराउने अभियानलाई तीव्र बनाइने पनि जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ