भष्ट्रचारीहरूलाई भाजपाले वाशिङ म्याशिनमा हाल्दैछ, कार्वाही हुन्छ ?

Share this news

भारतीय जनता पार्टीले भष्ट्रचारीहरूलाई वाशिङ म्याशिनमा हाल्ने काम गर्दैछ यो भनाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य भरत तामाङको हो।भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिले पार्टीको उच्च नेतृत्वहरू तथा पार्टी उम्मेद्वारहरूलाई मत दिएर विजय तुलाउने जनताहरूलाई झुक्काउने काम गरेको हो त? भन्ने प्रश्न मेरो मनमा जागेको आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य भरत तामाङले बताएका छन्। गत विधानसभा चुनावमा दार्जीलिङ पहाडको मतदाताहरूले जो मत दिएर भाजपा उम्मेद्वारहरूलाई विजय तुलाएका छन् अनि जनताले दिएको त्यो मत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तृणमूल कांग्रेसको अन्याय,अत्यचार, भष्ट्रचार, घोटाला विरुद्ध अनि अलग राज्य गोर्खाल्यान्डको पक्षमा रहेको थियो।

भाजपा उम्मेद्वारहरूको जीतको तुरून्तै भाजपा जिल्ला नेतृत्वहरूले भष्ट्रचारी नेतृत्वहरूलाई दुधले नुहाएर, गंगा जल छर्किएर शुद्ध बनाएर भाजपामा सामेल गराउन थाल्यो।भाजपा जिल्ला नेतृत्वहरूको यस प्रकारको कार्यहरूले दार्जीलिङ पहाडको सबै भन्दा शक्तिशाली विपक्षी पार्टी गोर्खा जनमुक्ति मोर्चालाई धोका दिने काम गरेका छन्। गोजमुमो लगायत अन्य राजनैतिक पार्टीको नेतृत्वहरूले यी भष्ट्रचारीहरूको विरुद्ध आवाज उठाउँदै आएका थिए अनि गत विधानसभा चुनावमा भाजपा उम्मेद्वारको पक्षमा र गोर्खाल्यान्डको पक्षमा भोट हालेका थिए अनि जनताले पनि आफ्नो मत खसालेका थिए तर चुनाव जितेपछि भाजपा जिल्ला समितिले उल्टा काम गर्न थालेको भरत तामाङले बताए।

जुन पंचायतप्रधानहरूले सासु,देवर आफ्नो सम्पूर्ण शाखा सन्तानको नाममा पैसा हाल्दै निकाल्दै भष्ट्रचार गरेका थिए, ती भष्ट्रचारीहरूलाई नै भाजपा जिल्ला समितिको नेतृत्वहरूले वाशिङ म्याशिनमा हालेर पार्टीमा प्रवेश गराएका छन्।पहाडको जनताले यी भष्ट्रचारीहरू विरुद्ध कार्वाही गरियोस भनेर आफ्नो मत भाजपा उम्मेद्वारको पक्षमा खसालेका थिए तर भाजपा जिल्ला समितिले ती भष्ट्रचारीहरूलाई पार्टीमा प्रवेश गराएर पहाडको सिधा सोझो जनतामाथि शोषण गर्ने तयारी गर्दैछ। ग्राम पंचायतको प्रधान, उप प्रधान भनेको घोडा मात्र हो,यी घोडाहरूलाई कुदाउने जक्की सभासदहरू हो, ती सभासदहरूलाई नै भाजपाले पार्टीमा प्रवेश गराए सकियो हाल्यो त भन्दै आईजीजेएफ कार्यकर्ता भरत तामाङले भाजपा जिल्ला नेतृत्वहरूमाथि व्यंग्य कस्यो।

आज भन्दा केही महिना अघि यी भष्ट्रचारीहरूको विरोधमा हामीले महकुमा शासकको कार्यालय,वीडीओ कार्यालयमा हामी इण्डियन गोर्खा जनशक्ति फ्रण्ट,भारतीय जनता पार्टीको जिल्ला नेतृत्वहरूले ज्ञापन पत्रहरू चढाएका थियौं,त्यस समय भाजपाको जिल्ला नेतृत्वहरूले भष्ट्रचारीहरू विरूद्व ठूल्ठूला कुराहरू गरेका थिए तर अहिले ती भष्ट्रचारीहरूलाई वासिङ म्याशिमनमा हालेर,गंगा जल छर्किएर भाजपाले पार्टीमा प्रवेश गराउने काम गरेको छ,भाजपामा प्रवेश गरेका ती भष्ट्राचारीहरू नेतृत्वहरू विरुद्ध कार्वाही हुन्छ की हुँदैन भन्दै तामाङले प्रश्न तेर्साएका छन्।

तिनले अघि भने भष्ट्रचारीहरू विरुद्ध हामीले आवाज उठाउन थालेपछि भाजपा राज्य समितिले कुनै पनि दलको नेतृत्वहरूलाई पार्टीमा प्रवेशमाथि तीन महिनाको निम्ति रोक लगाएका छन। भाजपा जिल्ला अध्यक्षले पनि यो कुरालाई मिडिया अघि राखी सकेका छन।गत 25 मईको दिन रेलिङ ग्राम पंचायतको प्रधानदेखि लिएर सदस्यहरू सबैलाई भाजपाको नेतृत्वहरूले बैठक गरेको समाचार सामाजिक संजालभरी छाएको देख्न पायौ,भाजपाको नेतृत्वहरूले दार्जीलिङ पहाडको जनतालाई लठुवा सम्झिने काम गर्दैछ तर पहाडको जनता लठुवा छैन अनि लठुवा सम्झिने काम नगरेको राम्रो तामाङले बताए।गत दिन गएको प्राकृतिक प्रकोपमा एउटा ईटा समेत नझरेको परिवारहरूको नाममा 1 लाख 20 हजार रूपिया खानेहरू अब सबै शुद्ध भयो ? भन्दै भरत तामाङले प्रश्न तेर्साए।बिजनबारी ब्लकको सदस्यहरू अनि कर्मचारीहरूको नाममा पैसा पसेको थियो,हामीले त्यसको विरोध गरेका थियौ,ती ब्लक सदस्य तथा कर्मचारीहरू सबै भाजपामा सामेल भएका छन।

भष्ट्रचारीहरूलाई हामी कुनै पनि अवस्थामा छोडने वाला छैनौं अनि जनताले पनि छोडने वाला छैन।दार्जीलिङ पहाडको जनताले 2009 देखि भारतीय जनता पार्टीलाई भोट दिएर सांसद दिँदै आएको छ।गत 2009 भन्दा अघि बंगालमा भाजपाको एउटा पनि कमल फुल फूलेको थिएन,गोर्खा जन मुक्ति मोर्चा र पहाडको जनताले 2009 मा भाजपाको शीर्ष नेता जसवन्त सिंहलाई भारी मत दिएर सांसद बनाएको हो, त्यहाँदेखि यता बंगालमा भाजपाको कमल फुल फूल्न शुरू भएको हो,दार्जीलिङ पहाडको जनताले भाजपालाई अलग राज्य गोर्खाल्यान्ड को लागि भोट दिएको हो भाजपाको शीर्ष नेतृत्वहरूले यो कुरा भूल्न हुँदैन। गत 2019 को लोकसभा चूनावमा भाजपा उम्मेद्वार राजु विष्टले दार्जीलिङको चौरस्ता अघि महाकाल बाबाको कसम खाँदै गोर्खाल्यान्ड ल्याउछु भनेका थिए।राज्य अनि केन्द्र दुवैमा भाजपाको सरकार गठन भएको छ।

गत विधानसभा चुनाव अघि चुनाव परिणाम आएको दिनै जीटीए खारिज गर्ने वाचा गरेको थियो,अब भाजपा सांसद राजु विष्टले आफ्नो वाचा पुरा गर्न पर्छ अनि अलग राज्य गोर्खाल्यान्डको गठन गर्न पर्छ भरत तामाङले बताए। गत केही दिन अघि भाजपा दार्जीलिङ जिल्लाको एक जना उपाध्यक्षले गोर्खाल्यान्ड संचालन गर्न हामी तयार छैनौं भन्दै थिए, हामीले त्यसको विरोध गर्यौं। गोर्खाल्यान्डको निम्ति जनता तयार छ,हामी तयार छौं। भाजपाको एक जना नेतृत्व शुभ प्रधानले गोर्खाल्यान्ड संचालन गर्नलाई ट्रेनिङको कुरा गर्दैछ, नेतृत्वहरूको यस्तै बयानहरूको कारणले गर्दा आजसम्म अलग राज्य गोर्खाल्यान्ड गठन हुन नसकेको हो भन्ने इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यकारिणी सदस्य भरत तामाङले बताएका छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ