सिटोङ क्षेत्रमा विधायक सोनाम लामाको धन्यवाद ज्ञापन कार्यक्रम

Share this news

पश्चिम बंगाल विधानसभा चुनावमा खरसाङ विधानसभा क्षेत्रवाट भाजपा उम्मेदवारको रुपमा विजयी बनेर विधायक बनेपछि विधायक सोनाम लामा सिटोङ क्षेत्रमा आईपुगेका थिए । गठबन्धन दलको मुख्य घटक दल गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन गोजयुमोको आयोजनामा सम्पन्न धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी बन्न विधायक लामा सिटोङ आएका हुन् । सिटोङ -१ ग्रामपञ्च्यात स्थित घलेटार सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रममा गोजमुमो समष्टि अध्यक्ष सुनिल राईले कार्यक्रम अध्यक्षको भार बहन गरेका थिए । यसैगरि केन्द्रीय समिति प्रमुख प्रदिप मंगर भाजपा दार्जीलिङ जिल्ला सचिव श्याम बस्नेत समष्टि मण्डल दिवस मोहरा, गोजयुमो केन्द्रीय समिति सदस्य निश्चल राई भुपू सैनिक संगठनबाट बिएल राई आदिको उपस्थिति रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लामाले गत चुनावमा भाजपा प्रार्थीको रुपमा जाति र मुद्दालाई माया गर्दै मलाई सिटोङ लाटपञ्चर क्षेत्रवाट बहुमतले विजय बनाएकोमा म तपाईंहरुलाई भेटन र धन्यवाद भन्न आएको छु भने । तृणमुल सरकार अनि क्षेत्रिय सत्ताधारी पार्टीको धेरै लामो समयदेखि दमन शोषण र अत्याचार सहदै आईरहेका सिटोङ लगायत सम्पुर्ण पहाडवासी गोर्खे योद्धाहरुले अब उन्मुक्ति पाएको छ स्वतन्त्र खुल्ला परिवेश पाएको छ । यस्तो क्रुर शासन अन्त गर्नलाई भाजपा पार्टीलाई साथ दिने आम जनता एव सम्पुर्ण गठबन्धन दलहरु सबैप्रति धन्यवाद दिन चाहन्छु । अब डबल इञ्जिनको सरकारले सम्पुर्ण बंगाल साथै विशेष गरेर पहाड अनि गोर्खाजातिको निम्ति चुनाव अघिको बचनबद्धता अवशयै पुर्ण गर्ने ठोकुवा गर्दै अब जिटिएको आयु सकिन्दै गएको बताए । साथै जनताको हरेक समस्याको समाधान सिस्टम अनुरुप गर्दै जाने बताए । उक्त कार्यक्रमलाई युवा मोर्चा केन्द्रीय समिति प्रमुख निश्चल राई गोजमुमो केन्द्रीय समिति सदस्य प्रदिप मगरले सम्बोधन गरेका थिए भने भुपु सैनिक संगठनका अग्रज नेतृत्व प्रेम राईले स्वागत मन्तब्य राखेका थिए । गोजमुमो सिटोङ लाटपञ्चर समष्टिको पक्षवाट नवनिर्वाचित विधायक सोनाम लामालाई सम्बर्द्धना पनि जनाईएको थियोे । कार्यक्रम पछि विधायकले घलेटार सुस्वास्थ्य केन्द्रको पनि जायजा लिएर यहाँको आवश्यक कुराहरुमाथि जानकारी लिएका थिए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ