Champasari cultural program
Champasari cultural program

चम्पासरी युवा नाट्य मञ्च, महिला सदनद्वारा मातातीर्थ औंसी दिवस पालन

Share this news

प्रत्येक वर्षझै यसवर्ष पनि चम्पासरी युवा नाट्य मञ्चको महिला सदनद्वारा आइतवार मातातीर्थ औंसी (मदर्स डे) कार्यक्रम भव्यरुपमा पालन गरियो। मञ्चको आफ्नै भवन गुञ्जन रुचाल स्मरणीय मञ्चमा पूर्व कर्णेल पीके. शर्माको सभाध्यक्षतामा भव्यरुपमा कार्यक्रम भव्यरुपमा पालन गरियो। मञ्चका अध्यक्ष कृष्ण बस्नेतद्वारा सञ्चालित यस कार्यक्रमका अतिथिहरु क्रमैसित नाटककार, साहित्यकार तथा शिक्षक मुक्तिप्रसाद उपाध्याय, साहित्यकार जीके. शर्मा, समाजसेवी तथा संगिनी गायिका निर्मला न्यौपाने, समाजसेवी निर्मला अधिकारी, उद्योगपति ऋषि पुरी, समाजसेवी अरुणा रुचाल, प्रकाशक खेम सापकोटा र पत्रकार रुबेन गुरुङ उपस्थित थिए। उपस्थित अतिथिहरुको बाहुलीबाट दीप प्रज्ज्वलनपछि दिवंगत माताहरुको स्मरणमा आत्मशान्तिको कामना गर्दै कार्यक्रमको शुरुवात् भयो।

रोशनी सुवेदीद्वारा स्वागत नृत्य प्रस्तुतिपछि सानी नानी आरोही भट्टराईले स्वरचित आमा कविता प्रस्तुत गरेर उपस्थित दर्शकवर्गलाई आश्चर्यचकित बनाइन्। यस प्रसङ्गमा बोल्दै अध्यक्ष कृष्ण बस्नेतले भने, गाउँले इलाकामा प्रतिभाशालीहरुको भरमार छ र तिनीहरुलाई बाहिर निकालेर प्लेटफर्म दिने काम चम्पासरी युवा नाट्य मञ्चले गरिरहेछ। उल्लेखनीय छ, रोशनी सुवेदीले राष्ट्रिय स्तरको कार्यक्रम (डीआईडी) मा जाने तयारी गरिरहेको थाह लागेको छ।

भावी पिँढीहरुलाई माता-पिताको सम्मान गर्न अनिवार्य रहेको विषयमा अवगत गराउने उद्देश्यमा चम्पासरी युवा नाट्य मञ्चले विगत २०१६ देखि मातातीर्थ औंसी अर्थात् मदर्स डे मनाउँदै आइरहेछ। यसै क्रममा आजको कार्यक्रमको दुई प्रमुख आकर्षणमध्ये एक मदर्स डे कार्यक्रममा आमासहित एक मिनेटको मौन धारण गरेपश्चात् पिताहरुलाई पूजनसहित सम्मानजनाइयो। सम्मानित माता-पिताहरुमा क्रमैसित सानु छेत्री, चन्द्रमाया भट्टराई, मीना कुमारी अधिकारी, पूर्णिमा भट्टराई, सरिता खतिवड़ा, रेखादेवी उपाध्याय अनि पिताहरुमा विष्णु छेत्री, प्रकाश खतिवड़ा, नारायण प्रसाद रिजाल, प्रमोद उपाध्यायलाई नारी सदनका सदस्यहरुले फूल छर्दै फूलको माला पहिऱ्याए साथै मिठाई खुवाएर उपहारसहित नगद राशी पनि प्रदान गरियो। मञ्चमा बोलाएर यसरी सम्मानसहित उपहार पाएर वरिष्ठ अभिभावकवर्ग खुशीले गद्‌गद भए। मातातीर्थ औंसीबारे जीके. शर्माले गहकिलो वक्तव्य राखे। यस कार्यक्रममा सिलगढ़ी वरिपरिका विभिन्न सङ्घ-संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो।

माता-पिताको पूजनपछि क्षितिज छेत्रीले बाँसुरी वादन, सरु खतिवड़ाले नृत्य, कविता वाचन, बाल कलाकारहरूद्वारा सामूहिक नृत्य, राकेश बराइलीको गीतपछि अदिति जोशीको सुन्दर नृत्यसहित सरस्वती शेर्पाद्वारा निर्देशित एकाङ्की नाटक ‘पर्खाइ’ को प्रस्तुतिले यो सांस्कृतिक कार्यक्रम गरिमामय रह्यो। चम्पासरी युवा नाट्य मञ्चको अन्य प्रमुख आकर्षण ‘सिलगढ़ी गौरव सम्मान’ थियो। जसमा विभिन्न विधामा पोख्त समाजका ६ विशिष्ट नागरिकलाई सम्मान जनाइयो।

यसपालि उक्त सम्मान प्राप्त गर्ने सौभाग्यशालीहरु क्रमैसित साहित्य विधामा कृष्ण प्रधान, समाजसेवामा कृष्ण लामा, शिक्षा क्षेत्रमा दीपक न्यौपाने, उद्योग क्षेत्रमा मदन छेत्री, पत्रकारितामा बबीता मादेन र कला अनि संगीत क्षेत्रमा स्नेहश्री थापा थिए। यसरी नै आजको कार्यक्रममा हालै विद्यावारिधी प्राप्त इन्द्रबहादुर खतिवडालाई पनि अभिनन्दन जनाइयो भने सञ्जीव पराजुली र मीरा श्रीमललाई संस्थापक सदस्यको रुपमा सम्मान जनाइयो। अध्यक्ष कर्णेल पीके. शर्माको सम्भाषणपछि कार्यक्रम समाप्तिको घोषणा गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ