विभिन्न दल परित्याग गरी दर्जनौँ कार्यकर्ता गोरामुमोमा सामेल, अध्यक्ष मन घिसिङसँग महत्वपूर्ण भेटघाटको आयोजना गरिएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले पूलबजार–बिजनबारी समष्टि क्षेत्रमा आफ्नो संगठन विस्तार अभियानलाई तीव्र रूपमा अघि बढाइरहेको छ। यसैक्रममा आज गोक–१ तथा गोक–२ शाखाबाट विभिन्न राजनीतिक दल परित्याग गरी अनेकौँ कार्यकर्ता गोरामुमोमा औपचारिक रूपमा सामेल भएका छन्।
दार्जिलिङ ब्राञ्च कमिटीका उपाध्यक्ष गाइस सुब्बा तथा गोरामुमो केन्द्रीय सदस्य आर.सी. गुरुङको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले गोरामुमो अध्यक्ष मन घिसिङसँग विशेष भेटघाट गर्दै संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा विस्तृत चर्चा–परिचर्चा गरेका थिए।
भेटघाटका क्रममा अध्यक्ष मन घिसिङले नयाँ सदस्यहरुलाई स्वागत जनाउदै पार्टीको आदर्श र जनमुखी नीतिलाई गाउँ–गाउँसम्म पुर्याउन कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। साथै, गोरामुमोलाई जनताको भरोसायोग्य शक्तिका रूपमा अझ मजबुत बनाउने दिशामा सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
नीय स्तरमा बढ्दो जनसमर्थनसँगै पूलबजार–बिजनबारी क्षेत्रमा गोरामुमोको संगठन थप सशक्त बन्दै गएको पार्टी पक्षले जनाएको छ। योभन्दा अघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पुलबिजनबारी समष्टिले आफ्नो सांङ्ठनिक बिस्तारलाई तीब्र गतिमा अगि बडाइरहेको समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्रीले जानकारी दिएका छन् । यसैक्रममा गोक १ ग्राम पन्चायत अन्तर्गत अप्पर कमजोड शाखामा गोरामुमो द्वारा सांङ्ठनिक बिस्तार गर्दै सभाको आयोजना गरिएका छन् । डम्बर बिष्टको अध्यक्षतामा सम्पन्न भएको सांङ्ठनिक सभामा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बाले बर्तमान राजनैतिक परिवेश माथी जानकारी गराउदै गोरामुमोलाई बलियो बनाउनु पर्ने साथै समष्टिका सम्पुर्ण शाखा प्रशाखाहरुलाई बलियो बनाउदै लैजानु पर्ने निर्देशन दिए । गोरामुमो केन्द्रीय समिति सदस्य आर सी गुरुङले सभालाई सम्बोधन गर्दै भने, अहिले बजारको हावामा हामी कुद्नु हुदैन कसले के बोल्छ त्यो पटि ध्यान दिनु हुदैन ।
समय अनुसार पार्टीले निर्देशन जारी गर्नु पर्छ । यसपटकको बिजय भनेको गोर्खाहरुको भविष्यलाई टुङ्गो लगाउने बिजय हो यो जीत समस्त गोर्खे सन्तान को बिजय हो । अब हामी एकजुट भएर अगि बड्नु पर्छ आत्तिनु हुदैन अब हाम्रो भावी सन्तानको उज्ज्वल भविष्यको ईतिहास लेख्नु पर्छ भनी आर सी गुरुङले सम्बोधनको क्रममा भने । सभामा स्वागत सम्बोधन मन कुमार सुब्बाले गरेका थिए भने सभामा समष्टि गोरायुमो सचिव जीवन प्रधान , समष्टि गोरानासं संयोजिका मेघना सुब्बा, समष्टि महासचिव किरण राई अनि शाखाका प्रतिनिधिबर्ग उपस्थित थिए ।












