फोटोग्राफी व्यवसायका नाममा झण्डै १८ लाख ठगी गरिएको आरोपमा कालेबुङका एक युवक पक्राउ, अदालतमा गरियो पेश। व्यापार विस्तारको प्रलोभन देखाई झन्डै १७ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा कालेबुङपुलिसले मन्सङ निवासी आशिष राईलाई पक्राउ गरेको छ। पीडित रुबेन खवासको लिखित उजुरीका आधारमा पुलीसले भारतीय दण्ड संहिता (IPC) को धारा ४२० र ४०६ अन्तर्गत मुद्दा (FIR No. 39/2026) दर्ता गरी आजै उनलाई कालेबुङ जिल्ला अदालतमा पेस गरेको हो।
रुबेनको आरोप अनुसार पुरानो मित्रताको फाइदा उठाउँदै ‘दारा प्रोडक्सन’ खोल्ने बहानामा आशिषले सो रकम लिएका थिए, जसका लागि रुबेनले आफैँ विभिन्न संस्थाहरूबाट ऋण लिनुपरेको थियो। पछि रकम फिर्ता माग्दा आशिषले दिएका तीनवटा चेक बाउन्स भए र उनले पैसा तिर्न साफ इन्कार गरे। आशिषले सो रकम व्यवसायमा नलगाई घर बनाउन, कार किन्न र अनलाइन गेमिङमा उडाएको उजुरीमा उल्लेख छ। अर्कोतिर, आरोपितका भाइ अमित राईले भने रुबेन खवास, अनिल सिक्वाल र आफ्नो दाजुबिच लेनदेन भएको र दाजुले अधिकांश रकम फर्काइसकेको दाबी गरेका छन्।
यस मामिलामा नाम जोडिएका अनिल सिक्वालले यो दाबीलाई पूर्ण रूपमा खारेज गर्दै रुबेनकै मार्फत आशिषलाई चिनेको अनि आफुले कति समय पैसाहरु दिएको पछि उसले फर्काएको तर आफुले भने उसकोबाट्कुनै रकम नलिएको बयान दिएका छन्। उनले आशिष् एकजना बजारमा करोडौँको ऋणमा डुबेको व्यक्ति रहेको र आफुमाथि लगाइएको आरोपमाथि मानहानी मुद्दा समेत लगाउने बताए।
हाल यो मामिला अदालत पुगिसकेको हुनाले अब कानुनी रूपमै यसको अन्तिम फैसला हुनेछ।












