Gorkha Morcha Sabha Darjeeling
Gorkha Morcha Sabha Darjeeling

गोरामुमोको सक्रियताः सुकुना-तराई क्षेत्रमा सांङ्गठनिक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले सुकुना तथा तराई क्षेत्रमा आफ्नो संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यले निरन्तर सांङ्गठनिक गतिविधिहरूलाई तीव्रता दिएको छ। यसै क्रममा सुकुना-तराई क्षेत्रका संयोजक नितिन छेत्रीको नेतृत्वमा सुकुना ग्राम पञ्चायत अन्तर्गत खैरझोडा बस्तीमा गोरामुमोको एक महत्वपूर्ण सांङ्गठनिक सभा सम्पन्न भयो।सभामा खैरझोडा क्षेत्रको संगठनात्मक जिम्मेवारी सुदृढ बनाउने उद्देश्यले शरण खड्का र राजु भुजेललाई सर्वसम्मत रूपमा क्षेत्रीय संयोजक चयन गरिएको छ।

नव नियुक्त संयोजकद्वयलाई संयोजक नितिन छेत्रीले खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको सिद्धान्त, आदर्श र अनुशासनभित्र रहेर संगठनलाई अझ मजबुत बनाउन सक्रिय रूपमा कार्य गर्न आग्रह गरेका छन्। सभामा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा क्षेत्रीय स्तरमा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा दिलिप छेत्री, प्रकाश लामा, सुर्य छेत्री, मन्जित राई, अनुप राई, किशोर थापा लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गोरामुमोले तराई तथा ग्रामीण क्षेत्रहरूमा संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै जनताको विश्वास अझ मजबुत बनाउने दिशामा कार्य गरिरहेको पार्टी पक्षले जनाएको छ। अर्कोतिर यसअघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पुलबिजनबारी समष्टिले आफ्नो सांङ्ठनिक बिस्तारलाई तीब्र गतिमा अगि बडाइरहेको समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्रीले जानकारी दिएका छन् । यसैक्रममा गोक १ ग्राम पन्चायत अन्तर्गत अप्पर कमजोड शाखामा गोरामुमोद्वारा सांङ्ठनिक बिस्तार गर्दै सभाको आयोजना गरिएको थियो। डम्बर बिष्टको अध्यक्षतामा सम्पन्न भएको सांङ्ठनिक सभामा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बाले बर्तमान राजनैतिक परिवेश माथी जानकारी गराउँदै गोरामुमोलाई बलियो बनाउनु पर्ने साथै समष्टिका सम्पुर्ण शाखा प्रशाखाहरुलाई बलियो बनाउँदै लैजानु पर्ने निर्देशन दिए। गोरामुमो केन्द्रीय समिति सदस्य आर सी गुरुङले सभालाई सम्बोधन गर्दै भने, अहिले बजारको हावामा हामी कुद्नु हुँदैन, कसले के बोल्छ त्योपटि ध्यान दिनु हुँदैन। समय अनुसार पार्टीले निर्देशन जारी गर्नु पर्छ।

यसपटकको बिजय भनेको गोर्खाहरुको भविष्यलाई टुङ्गो लगाउने बिजय हो यो जीत समस्त गोर्खे सन्तान को बिजय हो। अब हामी एकजुट भएर अगि बड्नु पर्छ आत्तिनु हुँदैन अब हाम्रो भावी सन्तानको उज्ज्वल भविष्यको इतिहास लेख्नु पर्ने आर सी गुरुङले सम्बोधनको क्रममा बताए। सभामा स्वागत सम्बोधन मन कुमार सुब्बाले गरेका थिए भने सभामा समष्टि गोरायुमो सचिव जीवन प्रधान, समष्टि गोरानासं संयोजिका मेघना सुब्बा, समष्टि महासचिव किरण राई अनि शाखाका प्रतिनिधिबर्ग उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ