मिरिक पर्यटन केन्द्रकाे मुख्य आकर्षणहरूमध्यै एउटा मिरिक झीलमा रहेकाे विभिन्न प्रजातिका माछाहरू पनि हाे। मिरिक झीलमा अनेक प्रजातिका माछाहरू रहेकाे छ। जसलाई हेर्न देश विदेशका पर्यटकहरू दैनिक मिरिक झीलमा आउने गर्दछन्। मिरिक झीलमा रहेका कतिपय माछाहरू झीलकाे एक भागमा मरेकाे देखिएकाे छ। माछा किन मर्याे हालसम्म कसैले किटान गरेर भन्न नसके तापनि झीलकाे पानी दुषित बन्दै गएकाेले माछाहरू मरेकाे आशंका गरिएकाे छ।
