GNLF Party Joining Darjeeling
GNLF Party Joining Darjeeling

दार्जीलिङको सोनादा भाङबारीबाट २० घर परिवार गोरामुमोमा सामेल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ्ग समष्टिमा रहेको निम्न सोनादा भाङबारी शाखाबाट २० परिवार गोरामुमोमा सामेल भएका छन्। भाङबारी सार्वजनिक भवनमा सुरेश राईको अध्यक्षतामा भएको समर्थन कार्यक्रमलाई प्रनित थापाले संचालन गरेका थिए। सभामा गोरामुमो कर्मठ सदस्य भाङबारी निवासी स्वर्गीय अबिन तामाङको निधनमा एक मिनटको मौन धारण गर्दै सांङ्ठनिक सभालाई अगि बडाएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । समष्टि प्रवक्ता रुस्तम छेत्रीले स्वागत सम्बोधन गर्दै नयाँ सदस्यहरुलाई बधाई अनि शुभकामना दिए।

गोरामुमो सोनादा टाउन कमिटी सदस्य शुद्ध तामाङले नयाँ सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा भने, अब २००७ को जस्तो घटना दोहोरिनु हुदैन । समय पनि अब सहि भएको छ अबको नयाँ पुस्ताले दुख पाउनु हुदैन हाम्रो भावी पिढिले हामीले जस्तो दुःख भोग्नु हुँदैन । यसकारण सबै एक भएर अगि बड्नु पर्छ । अब डबल इन्जिनको सरकार आएको छ। पछिल्लो बंगाल सरकारलाई गोर्खाहरुको राजनैतिक समाधानको निम्ति भारत सरकारले वार्ताको निम्ति बोलाउदा वार्तामा गएन। भारत सरकारको केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खाहरुको राजनैतिक समाधान चाँडै हुने भनी घोषणा गरि सकेका छन्। तपाईंहरु गोरामुमोमा जोडिनु भयो यसरी नै सबै अब गोरामुमोमा जोडिनु पर्छ भनी शुद्ध तामाङले अपिल गरे।

समष्टि अध्यक्ष भुपेन गुरुङले बर्तमान गोर्खाहरुको राजनैतिक परिवेश माथि नयाँ सदस्यहरुलाई जानकारी गराए। सभाको अन्त्यमा समष्टिका प्रतिनिधिबर्गद्वारा नयाँ सदस्यहरुलाई खदा लगाएर स्वागत जनाउँदै बधाई अनि शुभकामना व्यक्त गरे। भाङबारी शाखाको अध्यक्ष पदमा अरुण तामाङ अनि गोरानासंबाट बिमला प्रधानलाई आजको सभाले सर्वसम्मतिले चयन गरिएका छन् ।आजको समर्थन सभामा रंगबुल धोतरिया रंगबुक समष्टि गोरायुमो अध्यक्ष बिकास सुब्बा, निम्न सोनादा नयाँ कमान शाखा अध्यक्ष सदेव गुरुङ, सन्तोष प्रधान लगायत भाङबारी शाखाका प्रतिनिधिबर्गको उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ