AAGDS annual convention Assam
AAGDS annual convention Assam

अखिल असम गोर्खा दमाई समाजको प्रथम द्वि-वार्षिक अधिवेशन सम्पन्न

Share this news

समको बक्सा जिल्ला अन्तर्गत निकासीस्थित डा. भूपेन हजारिका संस्कृति रङ्गमञ्चमा अखिल असम गोर्खा दमाई समाज केन्द्रीय समितिको प्रथम द्वि-वार्षिक अधिवेशन भव्य रूपमा सम्पन्न भयो। उक्त अधिवेशन अखिल असम गोर्खा दमाई समाज बक्सा जिल्ला समितिको आतिथ्य तथा विभिन्न जिल्ला समितिहरूको सहयोगमा आयोजना गरिएको थियो।

अधिवेशनको पहिलो दिन झण्डा उत्तोलन, स्मृति तर्पण, वृक्षरोपण तथा शिक्षा सम्बन्धी कर्मशाला सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो भने लोकनृत्य प्रतियोगिताले विशेष आकर्षण थपेको थियो।

दोस्रो दिन आयोजित आमसभासँगै विभिन्न जाति–जनगोष्ठीहरूको सहभागितामा विशाल सांस्कृतिक शोभायात्रा तथा नृत्य प्रदर्शन गरिएको थियो। साँझ आयोजित सांस्कृतिक कार्यक्रममा सात जना गायक तथा गायिकाहरूले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। साथै आसामबाट आएका नौमती बाजा टोली तथा सिक्किमको पाथिभरा नौमती टोलीले पारम्परिक बाजासहित मनमोहक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा छुट्टै रौनक थपेको थियो।

कार्यक्रममा AAGSU केन्द्रीय समितिका संगठनिक सचिव, बक्सा जिल्लाका स्थानीय विधायक मनेश्वर बसुमतारी, GDC अध्यक्ष प्रेम तामाङ, सिक्किम सरकार अनुसूचित जाति कल्याण बोर्ड समितिका सभापति शेखर सेवा, AAGSU बक्सा जिल्ला समिति, AAGSU BTC क्षेत्रीय समितिका पदाधिकारीहरू लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

यसैबीच सम्पन्न प्रतिनिधिसभाबाट मदन रानपहेली सभापतिमा तथा संजीव मगर दमाई सम्पादक पदमा नवनिर्वाचित हुनुभएको छ। अधिवेशनले गोर्खा दमाई समाजबीच एकता, शिक्षा, भाषा तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ