GNLF party meeting Darjeeling
GNLF party meeting Darjeeling

गोरामुमो लेबोङ्ग-बदम्तामको, बदमताम शाखाको सांगठनिक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लेबोङ्ग–बदम्ताम समष्टि अन्तर्गत बदमताम शाखाको एक जरुरी सांगठनिक सभा शाखा अध्यक्ष श्री कमलदास राईको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भयो। सभामा संगठनलाई अझ सुदृढ, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ लामो समयदेखि पार्टीप्रति समर्पित भई योगदान पुर्‍याउँदै आएका पुराना कार्यकर्ताहरूलाई सम्मान गरिएको थियो। साथै, उपस्थित सदस्यहरूले संगठनको वर्तमान अवस्था, आगामी रणनीति तथा जनसरोकारसँग सम्बन्धित विविध विषयमा गम्भीर छलफल गरेका थिए।कार्यक्रममा वक्ताहरूले गोरामुमोलाई बदम्ताम क्षेत्रमा अझ मजबुत बनाउँदै पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वप्रति पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गरे। साथै, गोर्खा समुदायको अधिकार, पहिचान तथा दीर्घकालीन हितका मुद्दाहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने दृढ संकल्प व्यक्त गरिएको थियो।

सभाले संगठन विस्तार, कार्यकर्ताबीच एकता तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै गोरामुमो लाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको बताइएको छ। योभन्दा अघि गोरामुमो सिटोङ–लाट समष्टिअन्तर्गत शेल्पु शाखा गठन सम्पन्न गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सिट्टोङ–लाट समष्टिअन्तर्गत शेल्पु शाखाको गठन कार्यक्रम समष्टि उपाध्यक्ष श्री पी.के. सुब्बाको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा वर्तमान पहाडको राजनीतिक परिस्थितिबारे गम्भीर छलफल गरिएको थियो। समष्टि सचिवले संगठनलाई जरा स्तरदेखि नै अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। उहाँले जनताको दीर्घकालीन आकांक्षा तथा भावनालाई सम्बोधन गर्नु अब सरकारको प्रमुख दायित्व बन्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो।

सभाले पुरानो समिति विघटन गर्दै सर्वसम्मत रूपमा नयाँ शेल्पु शाखा समिति गठन गरेको छ। नवगठित समितिका पदाधिकारीहरू निम्नानुसार रहेका छन्– सभापति: श्यामलाल खवास, उपसभापति: प्रेमबहादुर खवास र सागर छेत्री, सचिव: रणजित दियाली, सह–सचिव: उमेश राई, कोषाध्यक्ष: भीम खवास, शाखा संयोजक: सदेव खवास, प्रमुख सल्लाहकार: बी.एम. खवास र निलम खवास। यसका साथै १४ जना कार्यकारिणी सदस्यहरूलाई समेटेर पूर्ण शाखा समिति गठन गरिएको छ। कार्यक्रमको समापनमा सभाध्यक्षले संगठनभित्र एकता, अनुशासन र समर्पणको भावनालाई आत्मसात गर्दै गोरामुमोलाई अझ बलियो र जनमुखी बनाउने आह्वान गर्नुभयो। उहाँले सबै सदस्य तथा समर्थकहरूलाई पार्टीको हितमा निरन्तर सक्रिय रहन आग्रह गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।उक्त जानकारी सिटोङ–लाट समष्टि मिडिया सेल प्रभारी श्री रिन्छेन जिम्बाले प्रदान गर्नुभएको हो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ