RK Sharma BJP Joining Kurseong
RK Sharma BJP Joining Kurseong

आरके शर्माले आइजीजेएफ छोडेर राजु विष्टअघि भाजपाको झण्डा ग्रहण गरे

Share this news

जनताको बुनियादी सुविधा अनि हक-अधिकारको निम्ति सत्तासीन पार्टीको विरुद्धमा एवं जनहितमा आवाज उठाएर, खरसाङ क्षेत्रमा एउटा अलग्गै पहिचान बनाएको रामकृष्ण शर्मा उर्फ आरके शर्मामा मंगलवार भाजपा दार्जीलिङ सांसद राजु विष्ट अनि भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको बाहुलीबाट भाजपाको झण्डा ग्रहण गरेका छन्।
गत केहि महिना अघि आरके शर्मा इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा संग्लग्न रहेको देखिएको थिए भने हालैमा अर्थात् गत 16 मईको दिन इण्डियन गोर्खा जनशक्ति फ्रन्ट पार्टीबाट तिनले राजीनामा दिएको थिए । सोही अनुरूप आज तिनी केन्द्र अनि राज्यको सत्तामा रहेको भाजपामा तिनी सामेल भएको छन्।

उक्त विषयमा हिमालय दर्पणद्वारा सोधिएकोमा आरके शर्माले बताए अनुसार, विधान सभा चुनाव अघि नै तिनले आईजीजेएफ पार्टीबाट राजीनामा दिने मन बनाई सकेको थिए । तर चुनावको समयमा तिनको राजीनामाले पार्टीलाई कुनै प्रकारको क्षति नहोस् भनेर गत 16 मईको दिन आधिकारिक रूपमा तिनले पार्टीबाट राजीनामा दिएको छन्।

तिनले थप जनाए अनुसार, जनमानसको हितमा जुन सोंच लिएर तिनी आईजीजेएफ पार्टीमा सामेल भएको थिए, त्यस्तो केही भएन । आईजीजेएफ पार्टीको कथनी अनि करणीमा तिनले फरक देखे साथै पार्टीमा एक्लो निर्णयमा जोर दिईएको देखियो। अर्थात् चुनाव अघि नै तिनी पार्टीबाट राजीनामा दिने मन बनाई सकेको एवं पार्टीलाई चुनावको अवधि तिनको कारणले कुनै प्रकारको क्षति नहोस् भनेर चुपचाप बसिरहेको थिए। खरसाङको जनमानसको हितमा तिनी विगतको कालो दिनमा जनताको हितमा जनताको आवाज बनेर कार्य गरेका थिए भने चुनावको परिणाम आएपछि पछि तिनले पहाड़ संगै बंगालमा पनि परिवर्तन देखे ।

अर्थात् जन मानसको हितमा आशा स्वरूप परिवर्तन भएर घाम उदाएको तिनले देखे । यस्तो परिस्थितिमा जन मानसको निम्ति केही गर्न पर्छ भनी सोंच राखेर साथै जनताको हक -अधिकार बहाली गर्न हेतू एवं जनतालाई अघि राख्ने उद्देश्यले तिनी आज भाजपा दार्जीलिङ सांसद राजु विष्ट अनि भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको बाहुलीबाट भाजपा पार्टीको झण्डा ग्रहण गरेको बताए । विगतमा पनि तिनी जनताको आवाज भएर अघि आएको थिए भने आउँदो दिनमा जनतालाई विभिन्न पक्षबाट अघि राख्न उद्देश्य साथ तिनी भाजपासित जोडिएको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ