Siliguri Cultural Event
Siliguri Cultural Event

आरनोवाद्वारा बस्नेत, श्रीमल र भोसलेमाथि सर्जक सम्झना कार्यक्रम आयोजित

Share this news

एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स एन्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाले सर्जक सम्झना कार्यक्रमको आयोजन आइतबार गरेको थियो। सिलगढीको चम्पासरी-मिलन मोड रोड अवस्थित एस. इ. मार्ट परिसरमा यो कार्यक्रमको आयोजन गरेको थियो। जसमा राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत, साहित्यकार लक्ष्मण श्रीमल अनि आशा भोसलेलाई श्रद्धाञ्जली अर्पण गर्दै सर्जकहरूमाथि वक्तव्य, कविता अनि गीतहरू प्रस्तुत गरिएको थियो।

आरनोवाका सल्लाहकार अवकाशप्राप्त कर्णल केशव राईद्वारा यो कार्यक्रमको अध्यक्षता गरिएको थियो। यस अवसरमा आरनोवाका प्रमुख सल्लाहकार डा. किङ्ग गुनु घर्ती, नागाल्यान्डका अवकाशप्राप्त डीजीपी, सी.पी. गिरी, मणिपुरका अवकाशप्राप्त डिस्ट्रिक्ट कमिश्नर के.के. कटुवाल, अवकाशप्राप्त कर्णल पी.के. शर्मा अनि गीतकार बलबहादुर विश्वकर्माको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा तीनैजना सर्जकहरूको चिर आत्मिक शान्तिको लागि एक मिनटको मौनता धारण गरिएको थियो।

कार्यक्रमको पहिलो चरणमा राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतमाथि नागाल्यान्डका अवकाशप्राप्त डीजीपी, सी.पी. गिरीले गहन व्याख्या गरेका थिए। क्रमश गायक किरण घिमिरेले नेपाली बस्नेतद्वारा रचित ”दर्शन दो घनश्याम” भजन प्रस्तुत गरेका थिए। यसपछि सञ्जीव श्रीमल र प्रदीप शर्माले नेपाली बस्नेतमाथि कविता प्रस्तुत गरेका थिए।

दोस्रो चरणमा साहित्यकार लक्ष्मण श्रीमलमाथि कार्यक्रम गरिएको थियो। यसक्रममा श्रीमती अनुराग शर्माले श्रीमलमाथि विस्तृत विरण दिएकी थिइन्। जसमा प्रदीप शर्मा, उमा जोशी, सङ्गीता राई र अनुसा राईले कविता प्रस्तुत गरेका थिए।
तेस्रो चरणमा गीतकार बलबहादुर विश्वकर्माले उनीद्वारा रचित चलचित्र ”मायालु”को गीत ”टाढा भइ नजाऊ तिमी गीत”माथि सुन्दर अनुभव प्रस्तुत गरेका थिए। उक्त गीत

प्रेमध्वज प्रधान र आशा भोसलेद्वारा गाइएको थियो अनि चलचित्रको निर्माता-निर्देशक शम्भु प्रधान थिए। जुन गीत बीरेन्द्र प्रधान अनि प्रार्थना गुरूङले गाएका थिए। यसरी नै दीपा गुरूङले आशा भोसलेको गीत गाएकी थिइन्। कार्यक्रमको सञ्चालन आरनोवाका सचिव दिवाकर ढुङ्गेल शर्माले गरेका थिए भने धन्यवाद ज्ञापन सञ्जीव श्रीमलद्वारा गरिएको थियो। यो कार्यक्रम सफल पार्न उपाध्यक्ष सन्तोषमणि राई अनि अरू पदाधिकारीहरूको विशेष योगदान रहेको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ