Gorkhamumo joining Sukhiapokhri
Gorkhamumo joining Sukhiapokhri

सुके मानेभञ्ज्याङ समष्टिका विभिन्न ठाउँबाट २००घर गोरामुमोमा सामेल

Share this news

गोरामुमो सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत विभिन्न राजनैतिक दलबाट २०० घर गोरामुमोमा सामेल। पार्टीमा सामेल हुने सदस्यहरूलाई गोरामुमो पार्टी अध्यक्ष मन घिसिङद्वारा श्रद्धा लगाएर स्वागत जनाए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुके मानेभञ्ज्याङ समष्टि बाट २०० घर परिवार गोरामुमोमा सामेल भएका छन्। केन्द्रीय कार्यलय दार्जीलिङमा समष्टि अध्यक्ष अशोक बराइली अनि केन्द्रीय समिति सदस्य हेमराज सुब्बाको नेतृत्वमा नयाँ सदस्यहरुलाई पार्टी अध्यक्ष मन घिसिङले खदा लगाएर स्वागत जनाउदै बधाई दिए।

थप जानकारी दिदै केन्द्रीय समिति प्रवक्ता वाईले भने, आज केन्द्रीय कार्यलयमा सुके मानेभञ्ज्याङ समष्टिका विभिन्न क्षेत्र, सुके बजार, सिमाना, राङभाङ, मानेभञ्ज्याङ, फरेस्ट बस्ती , रंगित मझुवा बाट लगभग २०० घर परिवार विभिन्न राजनैतिक दलहरु बाट गोरामुमोमा सामेल भएका छन्। गोरामुमो अध्यक्ष मन घिसिङको तर्फबाट सबैलाई बधाई अनि शुभकामना व्यक्त गर्दछौं। बिगतका दिनहरुमा वहाँहरु जुनसुकै पार्टीमा भए पनि वहाँहरुको साँझा अनुभव गोरामुमो पार्टीमा जाति र माटोको सुगन्ध रहेको यसकारण अब गोरामुमोमा समर्पित रहेर जाति र माटोको निम्ति अगि बड्ने सवैले जनाएको वाई लामाले जनाएका छन्। गोरामुमो भनेको एउटा अनुशासनमा रहेर कार्य गर्ने दल हो। यसैकारण नयाँ सदस्यहरुलाई समष्टिको प्रतिनिधिबर्ग संग सहकार्य गरेर अनुशासनमा रहेर कार्य गर्ने वाई लामाले सबैलाई अपिल गरे।
यसअघि सुके मानेभञ्ज्याङ समष्टिमा गोरामुमोले हरियो झण्डा अभियान चलाएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संगठनलाई तल्लो तहसम्म अझ सशक्त बनाउने अभियानअन्तर्गत सुके मानेभञ्ज्याङ समष्टिमा हरियो झण्डा लगाउने कार्यक्रम सम्पन्न गरेको थियो।

सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत समष्टि अध्यक्ष अशोक बराइलीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा सुके बजार अनि विभिन्न गाउँ तथा बस्तीहरूमा गोरामुमोको हरियो झण्डा फहराइयो। कार्यक्रममार्फत पार्टीको संगठनात्मक उपस्थिति सुदृढ बनाउनुका साथै जनतामाझ गोरामुमोको राजनीतिक सन्देश पुर्‍याउने कार्य गरिएको थियो।

समष्टि अध्यक्ष अशोक बराइलीले गोरामुमो स्थायी राजनीतिक समाधान, संवैधानिक अधिकार तथा गोर्खा समुदायको पहिचान र सम्मानका लागि निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै पार्टीको झण्डा केवल राजनीतिक प्रतीक मात्र नभई गोर्खा जातिको आत्मसम्मान र अधिकारको प्रतीक भएको बताए। कार्यक्रममा सहभागी पार्टी कार्यकर्ताहरूले सुके मानेभञ्ज्याङ क्षेत्रमा गोरामुमोप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको बताएका छन्। आगामी दिनहरूमा पनि संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई अझ तीव्र बनाइने पार्टी स्रोतले जनाएको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ