Marma school jubilee Mirik
Marma school jubilee Mirik

मरमा प्रेमसुन्दर उच्चा मा. विद्यालयको वर्षव्यापी स्वर्ण जयन्तीको शुभारम्भ

Share this news

मरमा प्रेमसुन्दर उच्चतर माध्यमिक विद्यालयले स्थपनाको पचास वर्ष पुगेको अवसरमा विद्यालय पृक्षागृहमा वर्षव्यापी रूपमा भव्यताको साथमा स्वर्ण जयन्ती शुरू गर्यो। सह शिक्षक विषम राई अनि शिक्षिका प्रजानिका ठटालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विद्यालयका शिक्षक प्रभारी राजेश राईले गरेका थिए भने, भूतपूर्व प्रधान अध्यापक पी.सी. देउसा प्रमुख रूपमा उपस्थित थिए। यसरी नै विशिष्ठ अथितिमा विद्यालयका संस्थापक सदस्य तथा पर्यावरणविद् एल. बी. देवान, पूर्व शिक्षक प्रभारी भक्त गदाल, पूर्व शिक्षकहरू डी.बी. सुब्बा, सिवदास देवान, हृदय प्रधान, शिक्षिका यानु सुब्बा, गायत्री देवान, विद्यालय सञ्चालन समितिका उपाध्यक्ष भास्कर राई, सदस्य जितेन राई, यवन राई, सत्यब्रत सुब्बा, विद्यालयका शिक्षक शिक्षिकागण, अशिक्षण कर्मचारी अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अध्यक्ष,प्रमुख अथिति अनि विशिष्ठ अथितिगणले माता सरस्वतीको प्रतिकृतिमा दीप अनि धुप प्रज्वलन गरि शुरू भएको कार्यक्रममा विद्यालयका दिवङ्गत शिक्षक शिक्षिकाहरूको आत्मा शान्तिको कामना गर्दै एक मिनटको मौन पालन गरेपछि पचास वर्षको केक काटेर कार्यक्रम अध्यक्ष तथा विद्यालयका शिक्षक प्रभारी राजेश राईले आजदेखि वर्षव्यापी रूपमा विद्यालयको स्वर्ण जयन्ती कार्यक्रम शुभारम्भ भएको घोषणा गरे। कार्यक्रममा शिक्षक विकास राईले स्वागत भाषण राखेका थिए। कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, विद्यालय गीत,लगायत अन्य कार्यक्रमहरू प्रस्तुत गरे। विद्यालयका संस्थापक सदस्य एल. बी. देवानले मरमा प्रेमसुन्दर उमावीको संक्षिप्त विवरण प्रस्तुत गरे।

उनले विद्यालय जुनियर हाई स्कूलबाट शुरू गरेको र हाल उच्चतर माध्यमिक विद्यालयको स्तरसम्म आपपुग्नु कुनै सानो कुरो नरहेको बताए। माध्यमिक परीक्षामा 73 प्रतिशत लिएर सरकारी विध्यालयहरूमा मिरिक महकुमा टप्पर मरमा प्रेमसुन्दर उमावीका विध्यार्थी अन्स सुब्बा अनि उच्च माध्यमिक परीक्षामा 79 प्रतिशत लिएर मिरिक टप्पर बनेकी प्रिया छेत्रीलाई विद्यालयको पक्षबाट सम्मान जनाइयो।

यसरी नै विद्यालयका संस्थापक सदस्य एल बी देवान, पूर्व प्रधान अध्यापक पी.सी. देउसा, पूर्व शिक्षक प्रभारी भक्त गदाल, पूर्व शिक्षकहरू डी.बी. सुब्बा, हृदय प्रधान अनि शिवदास देवानलाई पनि विद्यालय परिवारको पक्षबाट जातीय टोपी अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा विद्यालयका शिक्षक प्रभारी राजेश राईले आजबाट विद्यालयको स्वर्ण जयन्ती आरम्भ भएको र यस वर्षको नोभेम्बर महिनासम्म विभिन्न कार्यक्रमहरूबीच स्वर्ण जयन्ती समारोह आयोजना गरिने बताए। यसरी नै कार्यक्रममा शिक्षक भानु घिसिङले आभार प्रकट गरे। यसरी नै शिक्षक भानु घिसिङले स्वर्ण जयन्तीको अवसरमा मिरिक महकुमाभरिका विभिन्न विद्यालयहरूलाई समावेश गराएर अन्तर विद्यालय फुटबल प्रतुयोगिता, अन्तर हाउस क्विज, तर्क  प्रतियोगिता लगायत अन्य कार्यक्रमहरू आयोजना गर्ने अनि वर्षको अन्तमा एक वृहत कार्यक्रम गरि समापन गर्ने बताए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ