Ramesh Pradhan Book Launch
Ramesh Pradhan Book Launch

रमेश प्रधान ‘बादल’को कृति ‘पल्लो फाल पुगेका कथाहरू’को लोकार्पण

Share this news

दार्जीलिङ सिक्स्टी प्लस एशोसिएसन, सिलगढीद्वारा आयोजित, भाषा सङग्रामी तथा कथाकार श्री रमेश प्रधान ‘बादल’ कृत कथा सङ्ग्रह ‘पल्लो फाल पुगेका कथाहरू’ को लोकार्पण आइतबार स्थानीय दुर्गा मल्ल भवन, दुर्गा जन कल्याण संगठन, सिलगढीमा सम्पन्न भयो। दार्जीलिङ सिक्स्टी प्लस एशोशिएसनका अध्यक्ष श्री पी एस घिमिरेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा साहित्य अकादमी अनुवाद पुरस्कार प्रापक श्री अमर बानिया लोहोरोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिगणमा वरिष्ठ साहित्यकारहरूमा डा• जीवन राणा, श्री कृष्ण प्रधान, डा• कृष्णराज घतानी, श्री युवराज काफ्ले, श्री जी. के शर्मा भट्टराई, श्री डम्बरमणि प्रधान, श्री नरसिङग छेत्री (असम), श्री बालकृष्ण उपाध्याय (असम), डा• सुकराज दियाली साथै अन्य धेरै विज्ञजनको उपस्थिति रहेको थियो।

कवि तथा समालोचक देविका मंग्राती राईद्वारा सञ्चालित कार्यक्रममा दिप प्रज्वलन अनि गणेश वन्दना पश्चात स्वागत सम्बोधन सचिव श्री लक्ष्मण नेपालले राख्नु भएको थियो। सर्जकको साहित्यिक र भाषिक परिचय देविका मंग्राती राईले राखेपश्चात कथा सङ्ग्रह पल्लो फाल पुगेका कथाहरूलाई केलाएर डा• सुकराज दियालीले गहन रूपमा समिक्षा गर्नुभयो।
कथाकार श्री रमेश ‘बादल’ले आफ्नो वक्तव्यमा भाषा सङ्ग्रामका कुराहरू, भाषाले मान्यता पाउँन अघिका महत्वपूर्ण कुराहरू, आफूले सचिवको भार वहन गरेपछिका सघर्षहरू, नाटक मञ्चन गरेर, भाषा मान्यताका कुराहरू जन मानससम्म पुर्याउन सफल भएका कुराहरू सुनाउनु भयो। यो कृतिपछि प्रकाशोन्मुख कृतिहरुको जानकारी पनि दिनुभयो।

कार्यक्रममा उपस्थित रहनु भएका कृतिकारका भाइ श्री राजकुमार प्रधानले पुस्तक प्रकाशनको आर्थिक भार वहन गरेका थिए, उहाँलाई आभार व्यक्त गर्दै सम्मान गरियो। आफ्नो दिवांगत माता पिताप्रति समर्पित पुस्तकमा भाइ, बैनी अनि भाञ्जीको आर्थिक सहयोगप्रति श्री रमेश बादलले धन्यवाद र आशिर्वाद टक्राए। प्रमुख अतिथिद्वारा पुस्तक लोकार्पण भएको घोषणा पछि डा• जीवन राणा, डा• कृष्णराज घतानी, श्री डम्बरमणि प्रधान, सम्पादकका भार ग्रहण गरेका श्री युवराज काफ्ले अनि श्री नरसिङ्ग छेत्री आदिले आ-आफ्नो मन्तव्यहरू राख्नुभयो।

कलाकार सन्तोष प्रधान, साहित्यकार गोपाल
भट्टराई, लिला जोशी, माया प्रधान (सर्जककी श्रीमती) सर्जकका भाई राजकुमार प्रधान, कैलाश शेर्पा, मणिकुमार शर्मा, केदारनाथ शर्मा, विजय छेत्री, गङ्गा प्रधान, तारा शर्मा, रूबेन गुरूङ, मेनुका तामङ्ग, मोनिका राई आदिका गरिमामय उपस्थिति रहेको थियो।

आफ्नो मन्तव्यमा डम्बरमणि प्रधानले रमेश प्रधान बादलसँग भाषा मान्यताको निम्ति सिक्किमा काम गरेका कुराहरू जाति भाषाप्रतिको मोहका कुराहरू, त्यसपछि देहरादुन दिल्ली, दार्जीलिङ सँगै अखिल भारतीय नेपाली भाषा समितिका महत्वपूर्ण कुराहरूको स्मरण गराउनु भयो। आफ्ना पल्लो फाल पुगि सकेका कथाहरू समेटेर कृतिको रूपमा ल्याई पाठकसम्म पुर्याउन सहयोग पुर्याउनु हुने श्री युवराज काफ्लेका सहयोगका कुराहरू सुनाउनु भयो।
ज्ञात रहोस् रमेश बादलले भानुभक्त जन्मेका घर र गाउँको भ्रमण गरेर एउटा वृतचित्र पनि तयार गर्नुभएको छ। अब चाँडै उनको प्रकाशोन्मुख कृति *आदिकवि भानुभक्त आचार्य नामक (डक्यूमेन्ट्री )फिल्मी कथानकको पाण्डुलिपी पाठकहरूले पाउनेछन्। हाल अस्वस्थ प्रधानको सुस्वास्थ्यको कामना सबैले गर्नुभयो। कार्यक्रम, कथाकार, भाषा सङग्राम सबै समेटेर प्रमुख अतिथिज्यूले आफ्नो गहन वक्तव्य राख्नुभयो, गहकिला कविताहरूपनि वाचन गर्नुभयो।

अन्तमा सबैलाई धन्यवाद दिनुहुँदै अध्यक्षीय सम्भाषणमा पी एस घिमिरेज्यूले एशोसिएसनका सेवा कार्यहरू सँगै साहित्यिक कार्यक्रमहरू, पुस्तक लोकार्पणका कार्यक्रमहरू र सुकार्यहरू गर्दै जान पाईरहूँ भन्नुभयो। उपस्थित सबै विज्ञ व्यक्तित्वहरूलाई आभार व्यक्त गर्नुभयो। कार्यक्रमको आयोजनमा सेवा पुर्याउनुहने सबै प्रति कृतज्ञता व्यक्त गर्नुभयो। लोकार्पित कृतिका सम्पादक तथा मुख्य सल्लहकार, वरिष्ठ साहित्यकार तथा समाजसेवी श्री युवराज काफ्लेप्रति अध्यक्षज्यूले आभार व्यक्त गर्नुभयो l सभ्य र भव्य लोकार्पण समारोहको समापनको घोषणा पनि गर्नुभयो।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ