GJM Party Campaign Darjeeling
GJM Party Campaign Darjeeling

सुके मानेभञ्ज्याङ समष्टिमा गोरामुमोको हरियो झण्डा अभियान सम्पन्न 

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संगठनलाई तल्लो तहसम्म अझ सशक्त बनाउने अभियानअन्तर्गत सुके मानेभञ्ज्याङ समष्टिमा हरियो झण्डा लगाउने कार्यक्रम सम्पन्न गरेको छ।सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत समष्टि अध्यक्ष अशोक बराइलीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा सुके बजार अनि विभिन्न गाउँ तथा बस्तीहरूमा गोरामुमोको हरियो झण्डा फहराइयो। कार्यक्रममार्फत पार्टीको संगठनात्मक उपस्थिति सुदृढ बनाउनुका साथै जनतामाझ गोरामुमोको राजनीतिक सन्देश पुर्‍याउने कार्य गरिएको बताइएको छ। समष्टि अध्यक्ष अशोक बराइलीले गोरामुमो स्थायी राजनीतिक समाधान, संवैधानिक अधिकार तथा गोर्खा समुदायको पहिचान र सम्मानका लागि निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै पार्टीको झण्डा केवल राजनीतिक प्रतीक मात्र नभई गोर्खा जातिको आत्मसम्मान र अधिकारको प्रतीक भएको बताए। कार्यक्रममा सहभागी पार्टी कार्यकर्ताहरूले सुके मानेभञ्ज्याङ क्षेत्रमा गोरामुमोप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको बताएका छन्। आगामी दिनहरूमा पनि संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई अझ तीव्र बनाइने पार्टी स्रोतले जनाएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ