Dr.King Album Release siliguri
Dr.King Album Release siliguri

डा. किङ्ग र डुप्छेन लामाको बेवफा र मायालु एलबमको लोकार्पण गरिने

Share this news

डा. किङ्ग गुनु घर्ती इन्टरनेशनल फाउन्डेशनको तत्वावधानमा नौलो गीतहरूको रजत जयन्ती समारोहको आयोजन गरिएको छ। मिरिक र मिजोरमको विशेष प्रयासमा आयोजित समारोहमा पच्चीसवटा नेपाली हिन्दी गीहरूको लोकार्पण गरिनेछ। सिलगढीको सेभोक रोडमा आनन्दलोक नर्सिङ्ग होमको अघाडि एनएल एक्रोपोलिसमा सञ्चालित गोर्खा हाटमा आयोजित कार्यक्रममा सिक्किमका सक्रिय समाजसेवी एसटी लेप्चा मुख्य अतिथिको रुमा समारोहलाई गरिमामय बनाउनेछन्। यो समारोहमा हिन्दी साँगीतिक एल्बम बेवफा र नेपाली एल्बम मायालु-को गीहरूको लोकार्पण गरिनेछ। एल्बमका यी गीतहरू डा. किङ्ग गुनु घर्तीले लेखेका छन् भने सङ्गीत भरेका छन् डुप्छेन लामाले। जुन एल्बमका गायक-गायिकाहरू इन्द्रजीत मिजार, बिक्रम कालिकोटे, बीरेन्द्र प्रधान, रञ्जीता सुनार, सुमीत खाती, मनु बराल, सुष्मा शर्मा, सुधीर घले, हरि नेवार, डोल्मा लामा, प्रार्थना गुरूङ र इनुङमा राईले लाइव गाएर मनोरञ्जन दिनेछन्।

यसका लागि उनले सम्पूर्ण सङ्गीत प्रेमी दर्शकहरूलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिने अनुरोेध गरेका छन्। स्मरण रहोस् डा. किङ्ग गुनु घर्ती भन्नेसाथ उत्तर-पूर्वी क्षेत्रको सुन्दर अनि सानो राज्य मिजोरमको सम्झना आउँछ। यदि कसैले मिजोरमको बारेमा व्याख्या गर्दा गोर्खा समुदायबाट जाति, समाज र देशलाई कलाको माध्यमबाट योगदान दिने डा. किङ्ग गुनु घर्तीको नाउँ नलिए, त्यो व्याख्या अधुरो हुनेछ। किनकि अहिलेसम्म डा. किङ्ग गुनु घर्तीले आठसय नेपाली गीत अनि सात सय हिन्दी गीतहरू लेखिसकेका छन्। त्यति मात्र नभई उनले गुन्गुनाएर गीतहरूमा सङ्गीत पनि हाल्ने गरेका छन्। यसका साथै उनले दशवटा पुस्तकहरू पनि लेखेका छन्। अभिनयमा पनि उतिकै चासो राख्ने डा. किङ्ग गुनु घर्तीले नेपाली फीचर फिल्म गोरेमा खलनायकको भूमिका निभाएका छन्। भर्खरे लोकार्पण गरिएको ‘‘वन म्यान आर्मी’’ चलचित्रमा लेखन, निर्देशन, गायन, सङ्गीत सबै उनी स्वयंको रहेको छ। यी बाहेक उनले मिजो बाषामा पनि थुप्रै चलचित्रमा अभिनय गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ