दार्जीलिङ,16 जुन(निसं): जिल्ला कानूनी सेवा प्राधिकरण(डीएलएसए)-को आयोजनामा आइतबार ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन गर्यो। चौरस्तामा स्थित ज्येष्ठ नागरिक संस्थाको कार्यलयमा अध्यक्ष केबी गुरुङको उपस्तिथी बीच संस्थाका सदस्यहरुलाई लिएर डीएलएसए अधिवक्ता जयन्ती देवानले ज्येष्ठ नागरिकहरुलाई कानुनी जानकारी लगायत दुर्व्यवहार माथि रहेका कानुनी प्रावधान बारे जागरुक गराए । संक्षिप्त कार्यक्रममा कानून सम्बन्धि विभिन्न जागरुकता पर्चाहरु पनि वितरण गरिएको जानकारी पीएलभी रीना रायाले दिएकी छन्।
