BGPM Party Political Stance
BGPM Party Political Stance

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका शीर्ष चार नेता गोरामुमोमा सामेल

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM) का विभिन्न तहमा जिम्मेवारी सम्हालिरहेका चार जना नेताहरू आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) मा औपचारिक रूपमा सामेल भएका छन्। गोरामुमोको केन्द्रीय कार्यालय, दार्जिलिङमा आयोजित कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका निम्न नेताहरूले पार्टी प्रवेश गरेका हुन्: नितिन छेत्री- अर्गनाइजेसन सचिव, खर्साङ महकुमा समिति दिलिप छेत्री- सचिव, सुकुना ब्लक कमिटी सुर्य छेत्री- सचिव, चम्टा-कुकलुङ बस्ती बुथ कमिटी प्रकाश लामा- अध्यक्ष, खैरेनी-पुन्डिङ बस्ती बुथ कमिटी नवप्रवेशी नेताहरूलाई गोरामुमो अध्यक्ष मन घिसिङ ,खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा तथा गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूले खदा लगाई भव्य स्वागत गरेका थिए। यस अवसरमा अध्यक्ष मन घिसिङले गोर्खा समुदायको अधिकार, पहिचान र स्थायी राजनीतिक समाधानका लागि गोरामुमो निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै नवप्रवेशीहरूलाई संगठनलाई अझ सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। पार्टी प्रवेशसँगै खर्साङ क्षेत्रका विभिन्न स्थानमा गोरामुमोप्रति जनआस्था र समर्थन बढ्दो क्रममा रहेको नेताहरूले बताएका छन्। नवप्रवेशीहरूले पनि गोर्खाल्याण्डको मुद्दा, गोर्खा जातिको सम्मान र जनहितका सवालमा गोरामुमोको नेतृत्वमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ