Dawa Rinji spiritual welcome Sikkim
Dawa Rinji spiritual welcome Sikkim

तीन वर्षे कठोर तपस्यापछि फर्किए दावा रिन्जी शेर्पा, बेगामा भव्य स्वागत

Share this news

मानेबुङ–देन्ताम समष्टिको अप्पर बेगा बर्खे निवासी बौद्ध धर्मगुरु दावा रिन्छेन शेर्पा उर्फ दावा रिन्जी शेर्पा तीन वर्षे कठोर तपस्या सम्पन्न गरी सिक्किम फर्किएपछि आज जन्मभूमि बेगामा श्रद्धा, आस्था र सम्मानका साथ भव्य स्वागत गरिएको छ। बेगा निवासी पिता पेमा दोर्जी शेर्पा तथा माता लाक्पा डोमा शेर्पाका चार भाइमध्ये कान्छा सुपुत्र दावा रिन्जी शेर्पाले १९ वर्षको उमेरमै सांसारिक जीवन त्यागेर बौद्ध शिक्षा र साधनाको यात्रामा आफूलाई समर्पित गरेका थिए। हाल ४९ वर्ष पुगेका उनले बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्दै लामो समय धर्म शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।शेर्पाले पायुल दिछेन गावेलिङ गुम्बा श्रीबदाममा १४ वर्षसम्म शिक्षकको रूपमा सेवा दिएका थिए भने त्यसपछि सोरेङ गुम्बाडाँडामा चार वर्षसम्म धर्म शिक्षामा समर्पित रहे। त्यसपश्चात् उनी दक्षिण भारतस्थित तपोभूमि नाग्युर डुब्दे साम्तेन वैसलेन तथा नाम्ड्रोलिङ गुम्बामा तीन वर्षे गहन साधना तथा तपस्यामा लीन भएका थिए।

तपस्या सम्पन्न गरी सिक्किम फर्किएका शेर्पालाई आज बिहान पायुल दिछेन गावेलिङ गुम्बा, श्रीबदामबाट जन्मथलो बेगा ल्याउने क्रममा सयौँ श्रद्धालु भक्तजन, लामा गुरु तथा आनिहरूले गाडीको लामो लस्करसहित स्वागत जनाएका थिए। बेगास्थित उर्गेन छ्योलिङ गुम्बामा पुगेर उनले विशेष पूजा-अर्चना गर्दै उपस्थित भक्तजनलाई आशीर्वाद प्रदान गरे।पछि आफ्नै पैत्रिक निवासमा आयोजित भव्य पूजा कार्यक्रममा सिक्किम शेर्पा संगठन, मानेबुङ–देन्ताम क्षेत्र शेर्पा संघ, बेगा समाज लगायत विभिन्न संघ–संस्था, लामा गुरु तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उनले भक्तजनहरूलाई वाङ ,आशीर्वाद प्रदान गर्नुका साथै बौद्ध दर्शन, नैतिक जीवन, संस्कार र मानवीय मूल्यबारे प्रेरणादायी प्रवचन दिएका थिए।

सम्बोधनका क्रममा उनले मानव जीवनको वास्तविक अर्थ बुझ्न आवश्यक रहेको बताउँदै मादक पदार्थ सेवन, हिंसा तथा हत्या मानव समाजका सबैभन्दा ठूला शत्रु भएको उल्लेख गरे। मानिसको दुश्मन छिमेकी वा परिवार होइन, नशालु पदार्थ हिंसा र विकृति नै हाम्रो वास्तविक शत्रु हुन्,उनले भने। उनले पशु र मानिस एउटै जीव भए पनि आहार, व्यवहार र चेतनामा ठूलो भिन्नता रहेको चर्चा गर्दै भगवान बुद्ध र गुरु रिम्पोछेको मार्ग अनुसरण गर्न आग्रह गरे। साथै समाजलाई धर्म, नैतिकता, संस्कृति र संस्कारप्रति सचेत बनाउने आफ्नो आगामी उद्देश्य रहेको पनि बताए। कार्यक्रममा विशेष रूपमा खेम्पो फुर्वा साङ्गे शेर्पा, रिब्दी–भर्याङ लगायत विभिन्न गुम्बाका लामा गुरुहरू, क्षेत्र सभापति दावा नर्बु शेर्पा, जिल्ला पंचायत उपाध्यक्ष अनिता राई, अतिरिक्त जिल्ला विकास अधिकारी सुरत कुमार गुरुङ,युवा संयोजक राजमान गुरुङ विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। आजको दिन बेगावासीका लागि केवल स्वागत समारोह मात्र नभई धर्म, आस्था, संस्कार र आध्यात्मिक चेतनाले भरिएको एक ऐतिहासिक क्षणका रूपमा स्मरणीय बनेको स्थानीयवासीहरूले बताएका छन्। (पश्चिम सिक्किमबाट केएन शर्मा)

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ