GNLF party Political meeting Darjeeling
GNLF party Political meeting Darjeeling

गोरामुमो ऋषिहाट–ब्लूमफिल्ड समष्टिले संगठन सुदृढीकरणमा जोड दिने

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ऋषीहाट–ब्लूमफिल्ड समष्टिको एक जरुरी सभा धोजवीर धुरा डालीस्थित सामाजिक भवनमा सम्पन्न भयो। सभाको अध्यक्षता आर्य चियाबारी गोरामुमो शाखाका हस्तबहादुर तामाङले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समष्टि सचिव सत्यन राईले गर्नुभएको थियो। सभामा समसामयिक राजनीतिक परिस्थिति तथा संगठनात्मक विषयहरूमा विस्तृत रूपमा चर्चा–परिचर्चा गरिएको थियो। विशेष गरी हालै सम्पन्न विधानसभा चुनावको परिणामपछि उत्पन्न राजनीतिक समीकरण, पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले हासिल गरेको ऐतिहासिक सफलता तथा गोरामुमो एक घटक दलका रूपमा आगामी राजनीतिक रणनीति कसरी निर्माण गर्ने भन्ने विषयमा गम्भीर विचार–विमर्श गरिएको थियो।

सभामा वक्ताहरूले ऋषीहाट–ब्लूमफिल्ड समष्टि गोरामुमोको एक सशक्त तथा ऐतिहासिक समष्टि भएको उल्लेख गर्दै यस क्षेत्रलाई अझ सुदृढ र सक्रिय बनाउनु समयको आवश्यकता रहेको बताए। संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङको विशेष माया र विश्वास रहेको यस समष्टिलाई संगठनात्मक रूपमा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।समष्टिका सभापति स्वर्गीय किशोर राईको असामयिक निधनपछि रिक्त रहेको सभापति पदबारे पनि छलफल भएको थियो। हालका लागि उक्त पद यथावत् राख्दै आगामी दिनमा पार्टीप्रति निष्ठावान, सक्षम र हरेक परिस्थितिमा संगठनलाई नेतृत्व दिन सक्ने व्यक्तिलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय सभाले गरेको छ।
त्यसैगरी, समष्टि अन्तर्गत आगामी दिनहरूमा विभिन्न पार्टीगत कार्यक्रमहरू सञ्चालन गर्ने तथा पार्टी अध्यक्ष मन घिसिङको कुशल नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्दै उहाँकै मार्गदर्शन र सरसल्लाहअनुसार अघि बढ्ने संकल्प समेत सभाले गरेको छ।

सभाको प्रारम्भमा समष्टिका स्वर्गीय सभापति किशोर राई तथा अरेन्ज भ्याली शाखाका स्वर्गीय विक्रम मुखियाको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो।उक्त सभामा डाली धोजवीर धुरा शाखा, ऋषीहाट खसमल शाखा, ऋषीहाट टी.ई. शाखा, अरेन्ज भ्याली शाखा, आर्य शाखा तथा बरबटे शाखाका गोरामुमो समर्थक प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ