Swasthya Sathi Card Confusion
Swasthya Sathi Card Confusion

बंगालमा सरकार फेरिँदा स्वास्थ्य साथी कार्डलाई लिएर अन्योलता

Share this news

बंगालमा सरकार परिवर्तन हुनसाथै सिलगढीका कतिपय नर्सिङ होमहरूले स्वास्थ्य साथी कार्ड लिन अस्वीकार गरेपछि स्वास्थ्य साथी कार्डमाथि निर्भर रहने दार्जिलिङ पहाडका विरामीहरूमा अन्योलता सिर्जना भएको छ। बंगालको पूर्व टीएमसी सरकारले स्वास्थ्य साथी बीमा योजना (स्वास्थ्य साथी कार्ड) सुरु गरेको थियो। जसको आधारमा एकजना विरामीले उपचारको क्रममा ५ लाख छुट पाउँथे, जुन नर्सिङ होममा स्वास्थ्य साथी कार्ड स्वीकार गरिन्थ्यो। तर बंगालमा भाजपाको नयाँ सरकार आएपछि भाजपाको सरकारले राज्यमा आयुष्मान भारत स्वास्थ्य योजना सुरु गरेको छ। यसरी पूर्व र वर्तमान सरकारको भिन्नै स्वास्थ्य बीमा योजना भएको कारण पनि मानिसहरूमा स्वास्थ्य साथी कार्डलाई लिएर अन्योलता छाएको देखिएको छ। यो कार्ड पश्चिममा मात्र हुने हो वा यो कार्डबाट पाउने सुविधा र सहुलियत कटिने हो? भन्ने चर्चा अहिले चरितार्थ छ। केही अभिभावक उपचारको निम्ति स्वास्थ्य साथी स्वीकार गर्ने सिलगढीका कतिपय निजी नर्सिङ होमहरूले सो कार्ड लिन अस्वीकार गरेपछि स्वास्थ्य साथी कार्डबाट पाउने स्वास्थ्य सुविधा र सहुलियतबाट मानिसहरू बञ्चित बन्न पुगेको गुनासो अघि आएको थियो।

दार्जिलिङ पहाडका धेरैजसो किड्नी रोगीहरूलाई सिलगढीका कतिपय निजी नर्सिङ होममा डायलिसिस गर्दा स्वास्थ्य साथी कार्डबाट उनीहरूले ५० प्रतिशत छुट पाउने गर्थे। तर मंगलबार सोही कार्ड लिएर डायलिसिस गर्न जाँदा अस्पताल पक्षले कार्ड अस्वीकार गरेपछि पीडित पक्ष चकित बने। कारण यसअघि स्वास्थ्य साथी कार्डको आधारमा डायलिसिस गर्दा उनीहरूले निजी नर्सिङ होमबाट ५० प्रतिशत छुट पाइरहेका थिए। यसबारे विरामी परिवार पक्षले अस्पताल पक्षसित सोधखोज गर्दा भोलि बुधवारदेखि पुनः सो कार्ड स्वीकार गरिने आश्वासन दिएको एक किड्नी रोगीका पतिले दर्पणलाई बताए। जसले किड्नी रोगी आफ्नी पत्नीको डायलिसिस सिलगढीको एउटा नर्सिङ होममा गराउँदै आइरहेका छन्। कार्डको आधारमा डायलिसिस गर्दा ५० प्रतिशत छुट पाउने उनले बताए। उनले जनाएअनुसार पहिलो डायलिसिस गर्दा २५ सय तिर्नुपर्यो। दोस्रोचोटि गर्दा २२ सय लाग्यो अनि तेस्रोचोटिदेखि डायलिसिस गर्दा स्वास्थ्य साथी कार्डबाट ५० प्रतिशत छुट पाएर ११ सय रुपैयाँ लाग्छ। यदि नर्सिङ होमहरूले सो कार्ड अस्वीकार गरे डायलिसिस गरेको पूरा पैसा भुक्तान गर्नुपर्ने हुन्छ।

उनले बताएअनुसार उनकी पत्नीको हप्तामा २ पटक डायलिसिस गर्नुपर्छ भने महिनामा ८ पटक गर्नुपर्छ। यदि ८ पटक नै डायलिसिस गर्दा पैसा तिर्नु परे सहजै हिसाब लगाउन सकिन्छ। यसैले स्वास्थ्य साथी कार्डबाट मानिसहरूले पाइरहेको सुविधा र सहुलियत नकाटियोस् भन्ने मानिसहरूको भनाइ छ। राज्यको नयाँ भाजपा सरकारले राज्यमा आयुष्मान भारत स्वास्थ्य बीमा योजना सुरु गरेपछि अबको बंगालमा स्वास्थ्य साथी कार्डलाई निजी नर्सिङ होमहरूले मान्यता दिने हो कि होइन? भन्ने प्रश्न खडा भएको देखिएको छ। यदि वर्तमान राज्यको भाजपा सरकारले स्वास्थ्य साथी कार्डलाई मान्यता नदिए, स्वास्थ्य साथी कार्ड प्रयोगविहीन बनेर जाने निश्चित देखिन्छ। यसैले बंगालको भाजपा सरकारले मानिसहरूको सुविधाको निम्ति निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइदियोस् भन्ने आम मानिसहरूको धारणा छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ