गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले आफ्नो संगठनात्मक विस्तार अभियानलाई तीव्र बनाउँदै विभिन्न क्षेत्रहरूमा संगठन सुदृढीकरण कार्यलाई निरन्तर अघि बढाइरहेको छ। पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङका अनुसार यसै अभियानअन्तर्गत दार्जिलिङ सदर–२ समष्टिमा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को नयाँ समष्टि समिति गठन गरिएको छ।
दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एम. जी. सुब्बाको प्रमुख उपस्थितिमा समष्टिका सचिव उत्तम मुखिया द्वारा संचालन गरिएको उक्त संगठनात्मक सभामा गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङ, केन्द्रीय समिति प्रवक्ता वाई. लामा, समष्टि अध्यक्ष शिशिर राई, केन्द्रीय समिति मूल सचिव पुरण राई, दार्जिलिङ ब्राञ्च कमिटीका प्रतिनिधिहरू तथा सदर–२ समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभाले सर्वसम्मत निर्णयमार्फत गोर्खा राष्ट्रिय नारी संगठन, दार्जिलिङ सदर–२ समष्टि समितिको गठन गर्दै निम्न पदाधिकारीहरू चयन गरेको छ:
अध्यक्षा: छोडेन मोक्तान
उपाध्यक्षा: मनु प्रधान
सचिव: निमा डोल्मा शेर्पा
नवनिर्वाचित पदाधिकारीहरूलाई गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङले खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले नवगठित समितिले महिला सशक्तीकरण, संगठन विस्तार तथा पार्टीको सिद्धान्तलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। गोरामुमोले महिला सहभागितालाई अझ सशक्त बनाउँदै संगठनलाई आधारस्तरसम्म विस्तार गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।












