Mann Ghising Mirik Visit
Mann Ghising Mirik Visit

सांङ्ठनिक भ्रमण लिएर गोरामुमोका केन्द्रीय अध्यक्ष मन घिसिङ पुगे मिरिकमा

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ आज सांङ्ठनिक भ्रमण लिएर मिरिक पुगे। सिङगबुली गैरी गाउँमा संस्थापक अध्यक्ष सुवास घिसिङको मित्र मैयाँ नेवारलाई भेटघाट गरि आशिर्वाद लिएर हल्लने ढुङ्गा संसारी माईमा पुजा अर्चना गरि मिरिक ब्राञ्च कमिटी कार्यलयमा पुगेर सांङ्ठनिक विषयमा चर्चा परिचर्चा गर्दै सभालाई सम्बोधन गरे।आजको सांङ्ठनिक सभामा मिरिक ब्राञ्च कमिटी अन्तर्गत चार वटा समष्टिका प्रतिनिधिबर्ग, भ्रातृ संगठनका प्रतिनिधिबर्ग, केन्द्रीय समिति सेक्रेटरी जनरल ऋषि थापा, ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का ब्राञ्च कमिटी सचिव राजकुमार रिजाल , केन्द्रीय समिति सदस्य भवानी शर्मा, जे बी लिम्बू लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए।
आफ्नो सम्बोधन राख्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो भन्ने मुल मन्त्रलाई आत्मा बाट अंगालेर हिड्न पर्छ साथै ब्यवहारमा उतार्नु पर्छ सबैलाई एक साथ अंगालेर हिन्नु पर्छ। संस्थापक अध्यक्ष सुवास घिसिङले यो माटोको जन्मकुण्ड्ली निकालेको हो ।

यसपालि त्यो जन्मकुण्ड्ली लेखिएको कार्य सम्पन्न हुनेछ । नयाँ बिहानी , संवैधानिक ब्यवस्था , माटोको सुरक्षा , डाडु पन्यु यी सबै कुराहरु हुनेछ। दुख कष्ट सहेर जाति र माटोलाई माया गरेर बस्ने गोरामुमो समर्थकहरुको ठूलो योगदान छ। ४ तारिख सम्म हाम्रोहरु धेरै रिसाएका थिए तर अब सबैको अनुहारमा हासो देख्न थालेको छ।

हामीले आफ्नै भाग्य फुठाएको हो एक्काईस बर्ष भयो। डाकु लाग्ने जग्गामा हजारको नोट गन्नु हुदैन यसैकारण सबै कुरा जतासुकै भन्न हुँदैन। आफू आफुमै बाझ्नु हुदैन कसैलाई गाली गर्नु हुँदैन। यसैकारण सबैलाई अंगालेर आफ्नो संगठनलाई बलियो बनाउनु पर्छ भनी सभाबाट पार्टी अध्यक्ष मन घिसिङले अपिल गरे। अनुशासनमा रहेर कार्य गर्नु पर्छ। गोर्खाको शिर खडा हुनु पर्छ भनेर मैले बारम्बार भन्दै आएको छु। चना दाल के के कुराहरु सुने मैले यस्तो कुराहरु गोर्खाहरुले गर्नु सुहाउदैन विभिन्न किसिमको कार्य गरेर गोर्खा जाति शिर झुकाउनु हुँदैन भनी सबैलाई गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा अपिल गरे।

Share this news
आजको रोजाइ
पेदोङ–लिङ्से सडकको जीर्ण अवस्था: मरम्मतमा ढिलाइ हुँदा स्थानीयवासी र विद्यार्थी समस्यामा

पेदोङ–लिङ्से सडकको जीर्ण अवस्था: मरम्मतमा ढिलाइ हुँदा स्थानीयवासी र विद्यार्थी समस्यामा

लङभ्यू चियाबारी आन्दोलन जारी, अनशनको ९० दिन पुगेको दाबी; श्रमिकले पीएफसहित बक्यौता भुक्तानीको माग दोहोर्‍याए

लङभ्यू चियाबारी आन्दोलन जारी, अनशनको ९० दिन पुगेको दाबी; श्रमिकले पीएफसहित बक्यौता भुक्तानीको माग दोहोर्‍याए

राष्ट्रिय राजमार्ग–१० सुचारू राख्न एनएचआईडीसीएलको निरन्तर प्रयास, बाघपुल क्षेत्रमा पहिरो पन्छाउने काम जारी

राष्ट्रिय राजमार्ग–१० सुचारू राख्न एनएचआईडीसीएलको निरन्तर प्रयास, बाघपुल क्षेत्रमा पहिरो पन्छाउने काम जारी

अन्तिम वनडे जित्यो वेस्ट इन्डिज, तर शृङ्खला ३–२ ले न्यूजिल्यान्डको नाम

अन्तिम वनडे जित्यो वेस्ट इन्डिज, तर शृङ्खला ३–२ ले न्यूजिल्यान्डको नाम

कालेबुङमा अविरल वर्षापछि पहिरोको जोखिम बढ्यो, दुई परिवार उच्च जोखिममा

कालेबुङमा अविरल वर्षापछि पहिरोको जोखिम बढ्यो, दुई परिवार उच्च जोखिममा

कृष्णनन्द सिंह आईजीजेएफको श्रमिक संगठनको तराई क्षेत्रीय संयोजक नियुक्त

कृष्णनन्द सिंह आईजीजेएफको श्रमिक संगठनको तराई क्षेत्रीय संयोजक नियुक्त

दार्जीलिङका जनताको आवाज सदनदेखि सडकसम्म उठाउने प्रतिबद्धता जनाए विधायक नोमन राई

दार्जीलिङका जनताको आवाज सदनदेखि सडकसम्म उठाउने प्रतिबद्धता जनाए विधायक नोमन राई

कालेबुङमा जिल्लास्तरीय रोजगार मेला–२०२६ सम्पन्न, १७ दक्ष युवा सम्मानित

कालेबुङमा जिल्लास्तरीय रोजगार मेला–२०२६ सम्पन्न, १७ दक्ष युवा सम्मानित

राजनीतिक समाधानको अभियानलाई अघि बढाइरहेको गोरामुमोको दाबी, पुराना नेता–कार्यकर्ता पुनः पार्टीमा फर्किने क्रम जारी

राजनीतिक समाधानको अभियानलाई अघि बढाइरहेको गोरामुमोको दाबी, पुराना नेता–कार्यकर्ता पुनः पार्टीमा फर्किने क्रम जारी

खरसाङ सुपर लिग २०२६ : युनाइटेड खरसाङ एफसी र खरसाङ स्पोर्टिङ क्लब विजयी

खरसाङ सुपर लिग २०२६ : युनाइटेड खरसाङ एफसी र खरसाङ स्पोर्टिङ क्लब विजयी

आजको रोजाइ