दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले उखरमाउलो गर्मीमा बाँट्यो चिसो पानी

Share this news

मुलुकको राजधानीमा सञ्चालित दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले उखरमाउलो गर्मीमा बाटो हिड्ने मानिसहरूलाई बाँट्यो चिसो पानी। विगत 2015 मा स्थापित दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले आफ्नो स्थापनाको प्रत्येक वर्ष आमा दिवसमा यसरी नै चिसो पानी बाँढ्दै आइरहेको छ। त्यही क्रमलाई निरन्तर दिंदै आमा दिवसमा दक्षिण दिल्लीको वसन्त नगर अवस्थित हनुमान मन्दिर नजीक यो मानवीय कार्य गरेको थियो। स्मरण रहोस् रोजगारको सिलसिलामा देशको विभिन्न ठाउँबाट रोजगारका लागि दिल्ली पुगेका गोर्खे महिलाहरूले उक्त संस्थाको माध्यमबाट आफ्नो कार्यसङ्गसङ्गै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका छन्।

जसमा भाषा-साहित्य, नाटक-चलचित्रको माध्यबाट गोर्खाहरूबीच सचेतना कार्यक्रमहरू गर्दै आइरहेको छ। विशेष गरी दिल्लीमा नै जन्मिएका गोर्खे नानीहरूलाई मातृभाषाप्रति रुझान बढाउने, उनीहरूबीच मातृभाषामा बोलचाल गराउने, बसेर चित्र बनाउने प्रतियोगिता, जसमा गोर्खा समाजका विशिष्ट व्यक्तिहरूको परिचय गराउने, आफ्नो समुदायको बारेमा जागरूक गराउने, गीत अनि नृत्य प्रतियोगितालगायत अन्य शिक्षामूलक विभिन्न प्रकारको प्रतियोगिताहरू पनि आयोजन गर्दै आइरहेको छ। यसै गरी फूलपातीको दिन सांस्कृतिक शोभा यात्राको आयोजन गरेर अन्य समुदायबीच गोर्खाहरूको पहिचान दिंदै आइरहेको छ। क्रमशः भानु जयन्ती आयोजन गरी रामायण, लोकगीत र लोकनाच प्रतियोगिता गराउने कार्य गर्दै आइरहेको छ।

गोर्खाहरू परापूर्वकालदेखि देशप्रतिको माया, भक्ति कति राख्छन् भन्ने कुरालाई अघि बढाउँदै नानीहरूलाई त्यस्तै देशप्रेम देशवासीप्रति प्रेम सिकाउँदै आइरहेको छ। यसै क्रममा आमा दिवसको उपलक्ष्यमा आइतबार बाटो हिड्ने तिर्खाएका मानिसहरूलाई चिसो पानी वितरण गरेर उनीहरूबाट प्रशस्तै प्रशन्सा बटुलेको दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीकी उपाध्यक्ष सुष्मा गोम्सले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ