GJM Committee Formation Sitong
GJM Committee Formation Sitong

सिटोङ 2 ग्रापमा गुम्बा गाउँ र जोगीघाट क्षेत्रलाई समेटेर गोजमुमो गठन

Share this news

पश्चिम बंगाल बिधान सभा चुनावको एकातर्फी बिजयपछि राज्यले भाजपा बिधायक दलको नेता संगै श्रीमान सुवेन्दु अधिकारीलाई मुख्य मन्त्रीको रूपमा पाइसकेको छ भने यता दार्जीलिङ पहाड तराई डुवर्स गोर्खाल्यान्ड प्रस्तावित क्षेत्रमा पनि राजनैतिक हावा तेज भइरहेको छ। बिभिन्न दलका क्याडर अनि नेतृत्व जनता जनार्दन पुनः श्रीमान बिमल गुरूङको जातिप्रतिको समर्पण र दृढ संघर्षमा प्रेरित बनेर गोर्खा जनमुक्ति मोर्चामा घर फर्किरहेका छन्। कोही पुराना समर्थकहरू जो निष्क्रिय बनेर रहीरहेका थिए भने अब भटाभट सक्रियता देखाई रहेकाछन । यसै क्रममा जीटीए चीफ अनित थापाले दमन निति भ्रष्टचार र पैसाको बलमा आजसम्म धाक जमाइरहेका उनको समष्टि सिटोङ लाट क्षेत्रमा पनि गोर्खा जनमुक्ति मोर्चाको संगठन तीब्ररूपमा सांगठनिक तौरमा गठन भइरहेकोछ। संगठनलाई मजबुत गर्ने क्रममा सिटोङ लाठ समष्टि अन्तर्गत सिटोङ 2 ग्राम पन्चायत अधिनस्थ गुम्बा गाउँ अनि जोगीघाट क्षेत्रलाई समेटेर आइतबार गोर्खा जनमुक्ति मोर्चा अनि ग‍ोर्खा जनमुक्ति युवा मोर्चाको दुईवटा छुट्टाछुट्टै शाखा कमिटि गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय उपाध्यक्ष श्री बिकास खवासको उपस्थिति र मार्ग निर्देशन अनि समष्टि युवा अध्यक्ष पुरण शेर्पाको पहल र सभापतित्वमा पुरानो शाखा कमिटि बिघटन गरि नयाँ शाखा गठन गरियो।

जसमा गोर्खा जनमुक्ति मोर्चा प्यारेन्ट बडीका शाखा पदभारीहरूमा सभापति श्री हिरा राई, उप सभापति श्री प्रभास राई, सचिव श्री दुर्गा मुखिया, सह सचिव श्री गेबु छिरिङ लेप्चा, कोषाध्यक्ष श्री बिरेन राई, प्रमुख सल्लाकार श्री साम छिरिङ लेप्चा श्री रिनछेन लेप्चा, कार्यकारी सदस्यहरूमा श्री राज कुमार मुखिया, श्री जीत बहादुर राई, श्री लक्ष्मण लेप्चा, श्रीआई छिरिङ लेप्चा, श्री दिलिप राई, श्री रानम लेप्चा श्री देवन प्रधान, श्री सुवास प्रधान, श्री पेम्बा लेप्चा रहेका छन्।
गोर्खा जनमुक्ति युवा मोर्चा गुम्बा गाउँ जोगीघाट शाखाको पदभारीमा सभापति श्री जगत राई, उपसभापति श्री जय कुमार मुखिया, सचिव श्री दिपेश मुखिया, सह सचिव श्री बिज्ञेन छिरिङ लेप्चा, कोषाध्यक्ष श्री सती कुमार छेत्री, सह कोषाध्यक्ष श्री नवीन छेत्री,

मिडिया प्रभारी श्री फर्बु लेप्चा, प्रमुख सल्लाहकार श्री नर्बु लेप्चा श्री बिजय राई कार्यकारी सदस्यहरू श्री ग्याल्बु लेप्चा श्री प्रेवन प्रधान श्री शुक्र मुखिया श्री ध्रुब मुखिया श्री बीर बहादुर राई श्री ओङछु लेप्चा आदि चुनिए।
सभामा सबैले अब उसो जातीय हितमा श्रीमान बिमल गुरूङको हात दह्रिलो पारी पहाड तराई डुवर्सको जातीय पहिचान र निकासको निम्ति एक भएर काम गर्ने अठ‍ोट लिएका छन श्री बिकास खवासले संचालन गरेका सभामा भर्खरै गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका पुर्व भाजपा मण्डल अध्यक्ष श्री अमर प्रधानले पनि सम्बोधन राखेका थिए। अन्तमा सभापति पुरण शेर्पाको सभाअध्यक्षीय सम्बोधनसगैं सभा अन्त गरिएको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ