सिनकोनाकी आइरन लेडी श्रीमती रेनुलिना सुब्बालाई सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान

Share this news

दार्जीलिङ, 15 जुन(निसं):गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले कालिम्पोङकी वरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी श्रीमती रेनुलिना सुब्बालाई “प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार” प्रदान गर्ने घोषणा गरेको छ। जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले आज पत्रकार सम्मेलनमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।उनले भने, “श्रीमती रेनुलिना सुब्बालाई यस वर्षको सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गरिनेछ। यो सम्मान दार्जीलिङ पहाडको गरिमा र गौरवलाई शिखरमा पुर्याउन योगदान दिने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान गरिन्छ।”
गत वर्षको भानुजयन्ती समारोहमा जीटीए प्रमुख अनित थापाले सुवास घिसिङको स्मृतिमा यो पुरस्कार प्रत्येक वर्ष उहाँकै जन्म जयन्ती (२२ जुन) मा प्रदान गरिने घोषणा गरेका थिए। घोषणालाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय महासचिव तथा विधायक नीरज जिम्बाले यस निर्णयलाई राजनीति भन्दा माथि उठेर गरिएको ऐतिहासिक कदम भन्दै स्वागत गरेका थिए।स्वर्गीय सुवास घिसिङको जन्म २२ जुन १९३६ मा मिरिकको मञ्जु चिया बगानमा भएको थियो भने उहाँको निधन २८ जनवरी २०१५ मा दिल्लीमा भएको थियो।श्रीमती रेनुलिना सुब्बा कालिम्पोङ क्षेत्रकी पहिलो गोर्खा महिला विधायक हुन्। उनले १९७७ मा अखिल भारतीय गोर्खा लिगबाट र १९८२ मा स्वतन्त्र उम्मेदवारका रूपमा विधायक पदमा निर्वाचित भई क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएकी छिन्। विद्यालय, कलेज, स्वास्थ्य केन्द्र स्थापना, नेपाली भाषा आन्दोलन, महिला सशक्तिकरण र सिनकोना मजदुर आन्दोलनमा उनको अग्रणी भूमिका रहेको छ। यही कारण उनलाई “सिनकोनाकी आइरन लेडी” भनेर सम्मान गरिन्छ।यो सम्मान प्रदान गर्दै जीटीएले दार्जीलिङ–कालिम्पोङ क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानलाई उजागर गर्ने प्रयास गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ