Rohini toll plaza Controversy Kurseong
Rohini toll plaza Controversy Kurseong

रोहिणी टोल प्लाजालाई तत्काल हटाउने गोरामुमो, खर्साङको माग

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको स्पष्ट निर्णयअनुसार, हिजो रोहिणी टोल प्लाजामा हाम्रो युवा साथीहरू तथा पार्टी सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम पूर्ण रूपमा दार्जिलिङ पहाडका मेहनतकश ट्याक्सी चालकहरू, ट्रक चालकहरू, सर्वसाधारण जनता तथा सम्पूर्ण दार्जिलिङवासीहरूको हितमा उठाइएको जनआवाज थियो।

हामीले लामो समयदेखि देख्दै आएका थियौं कि सुभाष घिसिङ मार्गको नामले परिचित सानो रोहिणी सडकमा स्थापना गरिएको टोल वास्तवमा जनहितका लागि नभई एउटा “टोल सिन्डिकेट” को रूपमा सञ्चालन भइरहेको थियो। यो टोल सिन्डिकेट वास्तवमा तृणमूल कांग्रेसको सोचमा आधारित राजनीतिक–आर्थिक संरचना हो, जसको मुख्य उद्देश्य जनसेवा नभई जनताको आर्थिक शोषण गर्नु हो। आजको BGPM नेतृत्वले यही संरचना र मानसिकतालाई अगाडि बढाउँदै जनतामाथि आर्थिक बोझ थोप्ने काम गरिरहेको छ।

हामी स्पष्ट रूपमा भन्न चाहन्छौं कि BGPM वास्तवमा दार्जिलिङमा तृणमूल कांग्रेसकै अर्को रूप हो। सम्पूर्ण पश्चिम बंगालमा तृणमूल कांग्रेसले आफ्नो राजनीतिक आधार गुमाउँदै गएको अवस्थामा आफ्नो प्रभाव र नियन्त्रण कायम राख्न दार्जिलिङ पहाडमा BGPM लाई अगाडि सारिएको हो भन्ने कुरा आज जनता राम्रोसँग बुझिसकेका छन्। पहाडको राजनीति, GTA, टोल सिन्डिकेट तथा प्रशासनिक संरचनामार्फत तृणमूलको प्रभाव कायम राख्ने माध्यम BGPM बनेको छ।
त्यसैले दार्जिलिङ पहाडमा तृणमूल कांग्रेसको अप्रत्यक्ष राजनीतिक हस्तक्षेप समाप्त गर्न तथा गोर्खा जातिको स्वाभिमानको रक्षा गर्न BGPM लाई राजनीतिक रूपमा परास्त गर्नु आजको आवश्यकता बनेको छ।

हामी सुरुमा नै एउटा महत्वपूर्ण कुरा स्पष्ट गर्न चाहन्छौं—BGPM नेताहरूले “स्थानीय बासिन्दाहरूलाई छुट दिइएको छ” भनेर प्रचार गरे पनि वास्तविकता पूर्ण रूपमा फरक थियो। सर्वसाधारण जनताले शुल्क तिर्नुपर्ने, तर BGPM का नेता, कार्यकर्ता र उनीहरूका नजिकका व्यक्तिहरूले बिना शुल्क आवतजावत गर्ने व्यवस्था थियो। अर्थात् यो टोल प्रणाली सामान्य जनतामाथि मात्र आर्थिक भार थोप्ने माध्यम बनेको थियो। नेताहरू र कार्यकर्ताहरूलाई छुट, तर गरीब चालक, मजदुर र व्यवसायीहरूलाई शुल्क—यही उनीहरूको तथाकथित जनहितको राजनीति हो।

रोहिणी सडकमा अतीतमा भएको ठूलो पहिरोको घटना आज पनि जनताको स्मृतिमा ताजा छ। यदि टोल करबाट संकलित रकमको सही सदुपयोग समयमै सडक संरक्षण, ड्रेनेज व्यवस्था र पहिरो नियन्त्रणका कार्यहरूमा गरिएको भए यति भयावह अवस्था सिर्जना हुने थिएन। जनताले महिनौँसम्म सडक बन्द हुँदा सास्ती भोग्नुपर्ने अवस्था आउने थिएन। पहिरो आउनुभन्दा पहिले नै आवश्यक सावधानी अपनाइनु पर्थ्यो। तर जनताको सुरक्षाभन्दा पैसा उठाउने मानसिकता हावी भएकाले विकास र संरक्षण दुवैको उपेक्षा गरियो। यही लापरवाही र गैरजिम्मेवार शैली आज दार्जिलिङ र GTA सञ्चालनमा स्पष्ट देखिन्छ।

हामी स्पष्ट रूपमा भन्न चाहन्छौं कि यो टोल प्लाजा दार्जिलिङ पहाड र यहाँका जनताको हितमा छैन। त्यसैले यसलाई हटाइनुपर्छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले समय-समयमा यो विषय उठाउँदै आएको छ, जनताको आवाज प्रशासनसम्म पुर्‍याउँदै आएको छ र भविष्यमा पनि पहाडवासीहरूको हितका लागि निरन्तर संघर्ष गरिरहनेछ।

हाम्रो आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि होइन, सम्पूर्ण पहाडवासीहरूको अधिकार, सम्मान र भविष्यको पक्षमा उठाइएको आवाज हो। साथै, हिजो अनित थापाले व्यंग्यात्मक शैलीमा भने कि, “GTA एउटा संवैधानिक संरचना हो, यसलाई सजिलै हटाउन सकिँदैन, हटाएर देखाऊ।” उनको यस चुनौतीपूर्ण अभिव्यक्तिबाट स्पष्ट हुन्छ कि उनी जनभावनालाई बुझ्नुभन्दा GTA लाई स्थायी बनाएर आफ्नो राजनीतिक र आर्थिक स्वार्थ सुरक्षित गर्न चाहन्छन्। जनतालाई असम्भवताको डर देखाएर गोर्खा समुदायलाई सीमित अधिकारभित्र बाँधेर राख्ने प्रयास भइरहेको छ।
वास्तविकता के हो भने अनित थापा र उनको सम्पूर्ण नेतृत्व भ्रष्ट मानसिकताबाट प्रेरित छ। उनीहरू गोर्खा जातिको स्वाभिमान, पहिचान र भविष्यलाई सशक्त भएको देख्न चाहँदैनन्। उनीहरूको राजनीति व्यापारिक सोचमा आधारित छ, जहाँ जनभावना, संघर्ष र बलिदानलाई सत्ता र पैसाको हिसाबले मात्र हेरिन्छ। गोर्खा समाज आत्मनिर्भर बनोस्, अगाडि बढोस् र आफ्नो राजनीतिक अधिकार प्राप्त गरोस् भन्ने सोच उनीहरूमा देखिँदैन। बरु GTA लाई जोगाएर आफ्नो शक्ति, पहुँच र स्वार्थ सुरक्षित राख्ने मानसिकता स्पष्ट देखिन्छ।

रोहिणीको विकास, यसको सुन्दरता तथा यसलाई विश्व मानचित्रमा स्थापित गर्ने महान दृष्टिकोण स्वर्गीय आदरणीय नेता सुभाष घिसिङ जीको दूरदर्शिता र संघर्षको परिणाम हो। उहाँले केवल एउटा सडक निर्माण गर्नुभएन, पहाडको आर्थिक सम्भावना, पर्यटन र भविष्यको मार्ग प्रशस्त गर्नुभयो। सुभाष घिसिङ मार्गकै कारण रोहिणी क्षेत्रमा होटल व्यवसाय फस्टायो, रोजगारीका अवसर सिर्जना भए र स्थानीय जनताको आर्थिक अवस्थामा सुधार आयो। आज रोहिणीको विश्वस्तरीय पहिचानमा उहाँको योगदान ऐतिहासिक र अविस्मरणीय छ। यस्तो योगदानलाई बेवास्ता गर्दै केही व्यक्तिको स्वार्थका लागि राजनीति गर्नु सम्पूर्ण पहाड र गोर्खा जातिको हितविपरीत हो।
अतः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा प्रशासन तथा सम्बन्धित विभागसँग पुनः जोडदार माग गर्दछ कि रोहिणी टोल प्लाजालाई तत्काल हटाने माग गरेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, खर्साङ शाखा समितिका अध्यक्ष निमा लामाले बताएका छन्।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ