अजयद्वारा बालुवा बास नाल डाँडा सडकको उद्घाटन

Share this news

चुङथुङ-सिंगताम, 13 जुन(निसं): बालुवा बास जाने नाल डाँडा सडकको उद्घाटन कार्यक्रम आज भयो। यस सडकको उद्घाटन प्रमुख अतिथि इन्डियन गोर्खा जनशक्ति पार्टी संयोजक अजय एडवर्डको
बाहुलीद्वारा आज गरियो भने यसदिन दार्जीलिङ सदर-1 का सभासद प्रतिम सुब्बा,सदर-2 का सभासद रोबर्ट छेत्री, नेता एनबी खवास अन्य उपस्थित थिए। प्रमुख अतिथि अजय एडवर्डले
इन्डियन गोर्खा जनशक्ति पार्टीले त्यसै नरिवल फुटाउँदैन, ठूल्ठूलो कुरा मात्र गर्दैन जे गर्छ व्यवहारिक रूपमा कार्य गरेर देखाउँछ भनि बताए। अब उसो मेरीबुङ तामसाङ समष्टिमा
कसैले पनि इन्डियन गोर्खा जनशक्ति फ्रन्ड-लाई
सजिलै केही भन्नु सक्दैन भन्ने यो नाल डाँडाको सडक प्रमाण पनि हो। आईजीजेएफ-ले जे काम गर्छ त्यो फत्ते गरेर पनि छोड्छ भनी उनले बताए। अब कमान- कमानको श्रमिक दाजु-भाई  अनि दिदी-बहिनीहरूले आयस्रोतको निम्ति होटलदेखि लिएर विभिन्न प्रकारको योजनाहरू कमानमा अपनाउनु पर्ने सुझाव एडवर्डले दिए। उनले भने, यो जगा-जमीन हाम्रो बाजे-बोजुको पसिनाले बनाएको हो। अब चियाबारीका श्रमिक दाजु भाई दिदी बहिनीहरू कम्पनीको 220 रूपियाँमा निर्भर हुनु हुँदैन। हामीले नयाँ प्रकारको योजनाहरू अपनाउनु पर्छ। पाँच डेसिमल जमीन हामी मान्दैनौं भनि विरोध गर्ने हामी नै हौ। उद्योगपतिहरुलाई तीस प्रतिशत जमिन सरकारले दिँदैछ यसको पनि कडा विरोध गर्ने हामी हौ। हाम्रो बाजे-बोजुको पसिनाले सिंचेको हाम्रो जमीनको सुरक्षा भएको हुनु पर्छ। आज सिनकोना बगानको पनि अवस्था त्यस्तै जीर्ण छ। जहाँ बिजुलीको मिटर लगाउनु पनि प्रबन्धकलाई सोध्नु पर्छ। गोर्खाल्याण्ड मुद्दाले अब पहाडको जनता
ठगिनु हुँदैन, हो हामीलाई गोर्खाल्याण्ड पनि चाहिन्छ तर बाटो र विकास पनि भएको हुनुपर्छ। आज गोर्ख्याण्डको निम्ति वीर भएर अघि बढ्यौं तर गोर्खाको पीर कसैले बुझेको छैन भनि उनले बताए। आज पर्यटनको क्षेत्रमा पनि पहाड़ पछौटे हुँदै गइरहेको उनले जनाउँदै पर्यटकहरुलाई सिलगढीदेखि दार्जीलिङ आइपुग्नु सात घण्टा लाग्छ यस्तो ठाउँमा को आउँछ भनि उनले प्रश्न गरे। पहाडको अवस्था दिन प्रति डावाडोल भएर गईरहेको प्रमुख अतिथी एडवर्डले जनाए। दीपक राई अनि साजन राईद्वारा सञ्चालित कार्यक्रममा क्याप्टन महेन्द्र राईले पनि आफ्नो सम्बोधन राखे। राईले सम्पूर्ण श्रमकर्मी लगायत अजय एडवर्ड अनि सहयोगी समाज र व्यक्ति विशेष हरुप्रति आभार प्रकट गरे। यसदिन एडवर्ड अनि महेन्द्र राईलाई स्वर्ण प्रगति संघ, टाइगर हिल,सडक निर्माण कमिटीद्वारा आभार प्रकट गर्दै सम्मान-पत्र प्रदान गरेर सम्मान जनाईयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ