अज्ञात शवको अन्तिम संस्कार नमस्ते फाउण्डेशनद्वारा

दार्जीलिङ,15 जुन(निसं): एक अज्ञात पुरुषको शव रामभाङ खोला नजिक, सिंगला (हुलाक कार्यालय), पुलबजार प्रहरी चौकी क्षेत्रअन्तर्गत फेला परेको छ। एक स्थानीय व्यक्तिले एसआई शुसान्त प्रधानलाई जानकारी दिएका थिए। शवलाई तीन दिनसम्म शवघरमा राखिएको थियो भनी नमस्ते फाउण्डेशन-ले जानकारी गराएको छ।
  • फाउण्डेशन-को जानकारी अनुसार, शवको परिचय प्राप्त हुन नसकेपछि, पुलबजार थानाको अनुरोधमा नमस्ते फाउण्डेशन परिवारले गत मंगलबार श्रद्धापूर्वक शवको अन्तिम संस्कार दार्जीलिङको शव दहन स्थलमा गरियो। उक्त जानकारी हामी सामाजिक सञ्जाल र समाचार माध्यमहरूमा राखिएको छ जसमा उनका आफन्त वा चिन्ने कोही व्यक्ति यस सन्देश मार्फत शवको विवरणमा जान्न पाउन सकोस , जसमा उचाइ 5 फिट 5 इञ्च,रंग गोरो, कपाल कालो
लगाएको लुगा माथिल्लो निलो हाफ टी-शर्ट अनि कालो ट्र्याक पाइन्ट रहेको थियो। यदि कसैसँग यस व्यक्तिबारे कुनै जानकारी छ भने, पुलबजार प्रहरी चौकी वा नमस्ते फाउण्डेशनलाई सम्पर्क गरिदिने जानकारी फाउण्डेशन-ले दुएकोको छ।

Leave a Reply