Gorkhamumo toll protest Darjeeling
Gorkhamumo toll protest Darjeeling

रोहिणी टोल बन्द गर्न गोरामुमोको घोषणा, कुनै पनि गाडीबाट ट्याक्स नलिने

Share this news

रोहिणी टोल प्लाजा बन्द गर्न गोरामुमोको घोषणा, अब कुनै पनि गाडीबाट ट्याक्स नउठाइने बताएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले रोहिणीस्थित टोल प्लाजालाई बन्द गर्ने घोषणा गर्दै आजदेखि कुनै पनि सवारी साधनबाट ट्याक्स उठाउन नदिने स्पष्ट पारेको छ। पार्टीका अनुसार उक्त सडक स्वर्गीय सुवास घिसिङको पहलमा सर्वसाधारण जनताको सहज आवतजावतका लागि निर्माण गरिएको थियो, त्यसैले जनतामाथि अतिरिक्त आर्थिक भार थोपर्ने कार्य स्वीकार्य नहुने बताइएको छ। गोरामुमोले वर्तमान जीटीए प्रशासनले रोहिणी सडकमा अवैध रूपमा ट्याक्स संकलन गरिरहेको आरोप लगाउँदै संकलित रकमको दुरुपयोग भइरहेको दाबी गरेको छ। पार्टीले अब उप्रान्त कुनै पनि चालक तथा सर्वसाधारणले उक्त टोल प्लाजामा ट्याक्स नतिर्न अनुरोध समेत गरेको छ। यस विषयमा जानकारी दिँदै गोरामुमो खरसाङ महकुमा समिति अध्यक्ष निमा लामा लगायत युवा प्रतिनिधिहरूले जनहितविपरीत हुने कुनै पनि निर्णयको पार्टीले कडा विरोध गर्ने बताएका छन्। उनीहरूले रोहिणी सडक जनताको सम्पत्ति भएकाले जनतामाथि जबर्जस्ती कर थोपर्न नहुने धारणा व्यक्त गरेका छन्। गोरामुमोले जनताको पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक परे थप आन्दोलनका कार्यक्रमसमेत अघि बढाइने संकेत दिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ