अनितद्वारा बधाई तथा शुभकामना

Share this news

दार्जीलिङ, 5 मई(निसं): पश्चिम बङ्गाल विधान सभा 2026 सालको चुनावको परिणाम निस्किएको बारे भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(भागोप्रमो) अध्यक्ष अनित थापाले भनेका छन्, परिणाम अनुसार मानिसले परिवर्तन चाहेको रहेछ यसलाई हामीले स्वीकार्छौ। दार्जीलिङ, खरसाङ अनि कालेबुङमा भागोप्रमोले हाम्रो प्रार्थी उठाएका थियौँ। हामीले हारको सामना गर्नुपर्‍यो। हामी यसलाई स्वीकार गर्छौं अनि सबैले गर्नु पनि पर्छ।
पहाडमा शान्ति आएको छ अनि यस शान्तिलाई कायम राख्नुपर्छ। विजय भएका बीजेपी(भारतीय जनता पार्टी)-का तीनैजना उम्मेदवारहरूलाई बधाई पनि दिन चाहन्छु। उनीहरुले पहाडको निम्ति अझ राम्रो काम गर्नेछन् भन्ने मेरो विश्वास छ अनि आशा पनि गरेकोछु।
उनले भनेका छन् , मेरो कार्यकर्ताहरू, समर्थकहरु अनि मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु। हामीलाई मतदान दिनुहुने सबैलाई पनि म धन्यवाद दिन चाहन्छु। पहाडलाई शान्ति राख्ने अनि विकसित बनाउने हाम्रो जुन मिसन छ त्यस मिसनलाई हामी अघि बढाएर लैजानेछौं।
अबि अझ अडिग भएर बस्नुपर्छ,विगतको दिनमा पनि हामीले चुनाव हारेकै हौँ। तर हामीले अडिग भएर अघि बढ्यौँ। आगामी दिनमा पनि हामी निराश अनि हतास नभइकन रहने म आह्वान गर्छु।
थापाले अघि भनेका छन् , राजनीतिमा हार अनि जित हुन्छ नै। हामीले हार पनि स्वीकार्नु सक्नुपर्छ। हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन ल्याउनुपर्छ होला। सबैलाई शान्तिमय ढङ्गमा रहने उत्तेजित नहुने, कसैप्रति अपशब्द प्रयोग नगर्ने म आह्वान गर्छु।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ